४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, स्थिती तनावग्रस्त



अ+ अ-

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि स्कुटर चालक महिलाको मृत्यु भएको हो ।

ट्राफिक प्रहरीले चेकिङ गरिरहेका बेला रोकिराखेको स्कुटरलाई उक्त ट्रकले ठक्कर दिई केही मिटर परसम्म घिसारिएको थियो । मृतकको सनाखत हुन सकेको छैन ।

दुर्घटनापछि स्थानीयले गठ्ठाघरको सडक अवरुद्ध गरेका छन् । अहिले त्यहाँको अवस्था तनावग्रस्त रहेको छ । सुरक्षाकर्मीहरु बाक्लोरूपमा परिचालन गरिएको छ ।