२ माघ २०८१, बुधबार
,
Latest
एनएफपिजे नेपालबाट फोटोग्राफर चुङ्बाप्रति अन्तिम  श्रद्धाञ्जली अर्थतन्त्रलाई सबल बनाउन अध्यादेश: प्रधानमन्त्री काँडाघारीबाट ४ क्विन्टलभन्दा बढी रक्तचन्दन बरामद, दुई जना पक्राउ ६.८ म्याग्निच्युडको सिजाङ भूकम्पपछि ३ हजार ६ सय बढी पराकम्प कालीगण्डकी लोकमार्गः फलेवास–अर्मादी सडकलाई बजेट सुनिश्चित सुनचाँदीको मूल्यमा सामान्य वृद्धि रविमाथि राज्यले प्रतिशोध र दमनकारी व्यवहार गरेको विपक्षी दलको ठहर प्रिमियर लिगः लिभरपुल, चेल्सी र सिटी बराबरीमा रोकिए सरकारले चाँडै हिउँदे अधिवेशन नबोलाए विशेष अधिवेशनको माग गर्ने तयारीमा विपक्षी दलहरु बाँकेमा चिसोले जनजीवन प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक यातायात व्यवसायीलाई गृहको ११ बुँदे निर्देशन: गाडीमा सीसीटीभी र जीपीएस जडान गर्नु



अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले सार्वजनिक यातायात सुरक्षित र भरपर्दो बनाउन यातायात व्यवसायीलाई निर्देशन दिएको छ ।

बुधबार मन्त्रालयले यातायात व्यवसायी राष्ट्रिय महासङ्घलाई ११ बुँदे निर्देशन दिँदै सिमलताल घटना अध्ययन प्रतिवेदनको सुझाव कार्यान्वयन गर्न पत्राचार गरेको हो ।

असार २८ गते नारायणगढ–मुग्लिङ सडक खण्डको भरतपुर महानगरपालिका–२९ मा पहिरोले दुईवटा बस बगाएपछि गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

उक्त कार्यदलले गृहमन्त्रीलाई बुझाएको सुझाव प्रतिवेदनअनुसार गृह मन्त्रालयले यातायात व्यवसायीलाई यात्रुहरुलाई टिकट काटेर मात्र यात्रा गराउने, अनलाइन टिकट प्रणालीको विकास गर्ने तथा यात्रुको पहिचान खुल्ने कागजात लिएर मात्र यात्रा गराउने, सवारी साधनमा जीपीएस ट्याकिङ प्रणाली जडान गर्ने, सवारीमा सीसीटीभी र ट्रान्सपोण्डरको व्यवस्था गर्ने लगायतका ११ बुँदे निर्देशन दिएको हो ।

त्यस्तै, गृह मन्त्रालयले लामो दुरीमा चल्ने सवारीमा कम्तीमा अनिवार्य दुई जना सवारी चालकको व्यवस्था गर्ने, मुलुकभर चल्ने सवारी साधनको तेस्रो पक्ष बीमा अनिवार्य गर्ने र सवारी साधनको नियमित मर्मतसम्भार, जाँच गर्ने तथा पुराना सवारी साधन प्रयोगबाट हटाउन पनि भनेको छ ।