४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

टीआरसी विधेयकबारे प्रधानमन्त्री: पीडितमैत्री बनाएर द्वन्द्वको अन्तिम किस्ता व्यवस्थापन गर्छौ



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टीआरसी विधेयक पीडित मैत्री बनाएर द्वन्द्वको अन्तिम किस्ता व्यवस्थापन हुने बताएका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहमति जुट्नु खुसीको विषय भएको बताए ।

पीडितलाई केन्द्रमा राखेर विधेयक आएकाले प्रतिनिधिसभापछि लगत्तै राष्ट्रियसभाबाट पनि पारित हुने बताउदै उनले भने, ‘शान्तिका पक्षधर हामी सबै छौं । यो खुसीको कुरा हो । यो ऐन बनेपछि यसअन्तर्गत आयोग निर्माण गरेर काम गर्न सरकारले सहयोग गछौं । अरु दलबाट पनि सहयोग गर्छन् भन्ने विश्वास लिएको छु ।’

प्रधानमन्त्री ओलीले टीआरसी विधेयक टुंगिएपनि नेपालमा द्वन्द्वको अन्तिम किस्ता पनि व्यवस्थापन हुने बताए ।