५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको प्रधानमन्त्री पद माधवकुमार नेपाललाई !



फाईल फोटो
अ+ अ-

काठमाडौं । आफ्नै पार्टीभित्रको आलोचना खेप्न धौ–धौ परिरहेको अवस्थामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अर्को दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई फेरि प्रधानमन्त्रीको आश्वासन दिएका छन् ।

नेकपा माओवादी केन्द्रीको जारी स्थायी समितिको बैठकमा अध्यक्ष दाहालको चर्को आलोचना भइरहेको छ । आफ्नै नेतृत्वको सरकार जोगाउन नसकेको, राजनीतिक समीकरण बिगारेको, पटकपटक कुरा फेरेर गठबन्धन दललाई विश्वासमा लिन नसकेको र पार्टीसमेत कमजोर बनाएको आरोप खेल्दै आएका दाहालले त्यही क्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउनेसम्मको आश्वासन दिएका हुन् ।

माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्नुपर्ने र त्यसपछि बलियो शक्ति बनेर नेपाललाई प्रधानमन्त्री बनाउने आश्वासन दाहालले दिएका हुन् । माओवादी र एकीकृत समाजवादी अहिले कमजोर अवस्थामा छन् । दुवै दल एकीकरण गरेर जान सके आगामी निर्वाचनमा केही सहज हुने बुझाइ दाहालको छ । त्यही कारण उनले माधव नेपाललाई प्रधानमन्त्री बनाउने आश्वासन दिएका हुन् ।

त्यसो त नेपाल पनि प्रधानमन्त्री बन्न निकै आतुर गरिरहेका छन् । उनी सकेसम्म यही संसद्बाट प्रधानमन्त्री बन्ने दौडमा थिए । तर कांग्रेस र एमालेबीच गठबन्धन बने पछि नेपालको सम्भावना लगभग सकिएको छ । तर यो गठबन्धन टुटाएर नयाँ समीकरण बनाउन सके त्यसबाट थोरै समयका लागि भए पनि आफू प्रधानमन्त्री बन्न सक्ने आशा नेपालमा देखिन्छ ।

दाहाल र नेपालबीच पछिल्लो समय पनि सौहार्दपूर्ण सम्बन्ध छ । उनीहरुले समाजवादी मोर्चा सञ्चालन गर्दै आएका छन् । विपक्षी दलहरुबीच सहकार्य गरेर जानेमा दुवै नेता सहमत छन् । पार्टी एकताको विषयमा पनि पटक पटक छलफल भइरहेको छ । तर यसको टुंगो लाग्न सकेको छैन । दाहालको प्रस्तावलाई नेपालले सामान्य रुपमा लिएको बताइएको छ ।




भर्खरै