१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

पटक–पटकका हवाई दुर्घटनाले नेपालको नियामक निकायको नियमन फेल भएको देखियो: सांसद गौतम

पटक–पटकका हवाई दुर्घटनाले नेपालको नियामक निकायको नियमन फेल भएको देखियो: सांसद गौतम
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले निरन्तर भइरहेको हवाई दुर्घटनाले नेपालको नियामक निकायको नियमन फेल भएको देखिएको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गौतमले यस्तो बताउनुभएको हो । उहाँले हवाई दुर्घनाको विषय छैटौँ पटक संसदमा विषय उठान भएपनि सरकारले अहिलेसम्म सुनुवाई गर्न नसकेको बताउनु भयो । उहाँले नेपालको हवाई क्षेत्रमा गम्भिर समस्या देखिएको भन्दै तत्काल सरकारले समाधान गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउनको लागि नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकाय छुट्याउन आवश्यक रहेको भन्दै सरकारले तत्काले उक्त विधेयक ल्याउन जरुरी रहेको बताउनु भयो ।

उहाँले सरकारमा पर्यटनमन्त्री पटक–पटक फेरिए पनि उक्त विधेयक संसदमा आउन नसकेको बताउनु भयो । उहाँले यति एयरलाइन्स दुर्घटनाको अडियो सार्वजनिक भएको भन्दै उक्त अडियोबाट प्रष्टसँग लापरबाही भएको सुन्न सकिने बताउनु भयो । उहाँले नियामक निकायको नियमन फेल भएकै कारण इयुको कालोसूचीमा पर्नु,आइकाओ अडिटमा कम नम्बर दिएको दाबी गर्नुभयो । उहाँले हवाई सुरक्षाको निम्ति प्राविधिक रुपमा गर्नुपर्ने खर्च सरकारले नगर्दा पनि हवाई यात्रा असुरक्षित बन्दै गएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘हवाई दुर्घनाको विषय आजसहित छैटौ पटक उठान गरिरहेको छु । नेपालको हवाई क्षेत्रमा गम्भिर समस्या देखिएको छ । नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउनको लागि नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकायमा अहिले छुट्याउने र त्यो विधेयक कहिले संसदमा लिएर आउनुहुन्छ । सरकारमा पर्यटनमन्त्री पटक–पटक फेरिनु भयो तर विधेयक संसदमा आएको छैन । यति एयरलाइन्स दुर्घटनाको अडियो सार्वजनिक भएको छ ।

त्यसमा प्रष्टसँग सुन्न सकिन्छ । लापरबाही भएको छ । हवाई यात्रामा कति यात्रुहरुले ज्यान गुमाउनुपर्ने हो । नेपालको नियामक निकायको नियमन फेल भएको प्रष्ट देखिएको छ । नेपालको हवाई सुरक्षाको निम्ति प्राविधिक रुपमा गर्नुपर्ने खर्च सरकारले गरिरहेको छैन । नेपालमा अहिलेसम्म भएका हवाई दुर्घटनाले स्पष्ट बताउँछ । इयुको कालोसूचीमा पर्नु,आइकाओ अडिटमा कम नम्बर दिनु सबै कारणले नेपालको हवाई नियमन गर्ने निकाय र सिस्टम फेल भएको छ । अब नेपाली आकाशमा नेपाली र विदेशी यात्रुहरु दुर्घटना परेको समाचार सुन्न नपरोस् । नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकायमा अहिले छुट्याउने र त्यो विधेयक कहिले संसदमा लिएर आउनुपर्छ । संसदबाट पारित गरी नीतिगत रुपमा देखिएका त्रुटिहरुलाई समाधान गर्नसक्यौं ।’

उहाँले नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकायमा अहिले छुट्याउने विधेयक संसदबाट पारित गरी नीतिगत रुपमा देखिएका त्रुटिहरुलाई समाधान गर्न सक्नुपर्ने बताउनु भयो ।