२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकसाथ आधा दर्जन बढी तिज गीत सार्वजनिक



अ+ अ-

काठमाडौँ । एकसाथ आधा दर्जन बढी तिज गीत सार्वजनिक भएका छन् ।

आईतवार काठमाडौंको राष्ट्रिय नाचघरमा यस बर्ष बजारमा आएका मौलिक आधा दर्जन बढी तिज गीत सार्वजनिक भएका हुन् । कार्यक्रममा सामुहिक विमोचनसँगै विकृतिजन्य गीतहरको बारेमा पनि अन्तरक्रिया गरिएको थियो ।

सारी लरक्कै, बाबाको आँगनीमा, फेरि आयो तिजै, चेलीलाई माईती, कालो कपाल पारेर फरर लगायतका गीतहरु एकसाथ विमोचन भएका हुन् । सो अवसरमा गीतका सर्जक, एवं गायक गायिकाहरुले आफ्नो आफ्नो धारणा प्रश्तुत गरेका थिए ।

नेपाली लोक संस्कृतिको संरक्षण, संवद्र्धन र प्रचार प्रसार गरौँ, शान्ति, प्रेस स्वतन्त्रता, मानव अधिकार र पत्रकार हकहितको सुनश्चित गरौँ भन्ने नारासहित राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा गीतहरुको सामुहिक विमोचन भएको हो । यस वर्ष हरितालिक तिज भदौ २१ गते परेको छ ।