७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता

विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता
अ+ अ-

काठमाडौ ।  बुधबार विवेकशील नेपाली दल र साझा पार्टीबीच पुनः एकीकृत भएको छ । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको दिन पारेर आज यी दुई दलले पुनः पार्टी एकता गरेका हुन् । 

पार्टी एकतापछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ,  आज हामी एक हुन पाउँदा हामी अत्यन्तै हर्षित भएका छौँ। साथै सो पार्टीले आफ्नो प्रधान एजेण्डा सुशासन, भ्रष्टाचारको अन्त्य र कल्याणकारी लोकतन्त्रलाई बनाएको छ । 


नेपाली राजनीतिलाई अझ धेरै लोकतान्त्रिक, सुसंस्कृत, समावेशी, जनउत्तरदायी र न्यायपूर्ण बनाउँदै सुशासन, संवृद्धि र स्वाभिमानको महाअभियानलाई नेतृत्व गर्ने अपेक्षाका साथ आआफ्नै पृष्ठभूमि र परिवेशमा सङ्गठित भएका विवेकशील  नेपाली दल र साझा पार्टी २०७४ साल साउन ११ गते विवेकशील साझा पार्टीको रूपमा एकीकृत भएकोमा पछि पुटेका थिए । 
सो दल २०७५ पुस २७ गते पार्टी विभाजित भएको थियो । आज पार्टी एकीकरणपछि जारी गरिएको विज्ञप्तिमा तर त्यो दिन निकै दुःखद घटना रहेको बताइएको छ । 

पार्टी विभाजनले वैकल्पिक राजनीति, यसको वैचारिक, राजनीतिक अपेक्षा र एक उन्नत पार्टी स्थापना गर्ने साझा लक्षलाई नै गम्भीर क्षति पुर्‍याएको भन्दै यस पार्टीबीच पुनः एकीकृत भएको बताइएको छ । 

यो एकीकरणले परम्परागत राजनीतिको दुष्चक्रबाट नेपाली समाजलाई मुक्त गर्नेछ भन्ने विश्वास सो दलले व्यक्त गरेको छ । 

यो एकीकरणले भ्रष्टाचार, कुशासन र राज्यहीनताको अवस्थाबाट थिलथिलो भएका नेपाली नागरिकका सपनाहरूलाई पुनर्जागृत गर्दै राजनीतिमा नयाँ आशा सञ्चार गर्ने सो विज्ञप्तिमा जनाइएको छ । 

एकीकृत पार्टी नेपाली नागरिकका लोकतान्त्रिक अधिकारहरूको सम्मान गर्दै, विगतमा भएका आन्दोलनका उपलब्धिहरूको रक्षा गर्दै, नेपाली नागरिकको भावनाको कदर गर्दै र संविधानको पूर्णतः पालना गर्दै पद्धति, पारदर्शिता, इमानदारी, उत्कृष्टता, समानुभूती, साहस जस्ता मूल्यमान्यतामा रहेर विवेकशील नागरिक, उद्यमशील समाज, सेवक सरकार र कल्याणकारी राज्यको परिकल्पनालाई साकार बनाउन निरन्तर क्रियाशील रहने छ।

सो दलले एकीकरणका प्रमुख बुँदाहरूलाई यसरी प्रस्तुत गरेको छ ः 

१ एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ हुनेछ।

२ एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह ‘तराजु’ हुनेछ।

३ एकीकृत पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल, ललितपुरमा रहनेछ।

४ एकीकृत पार्टीमा अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डे रहने छन्।

५ एकीकृत पार्टीको केन्द्रीय समितिमा दुवै पक्षबाट ६५(६५ जना सदस्यहरू रहने गरी कूल १३० जना केन्द्रीय सदस्य हुनेछन्। एकीकृत पार्टीको केन्द्रीय समितिको पहिलो बैठकले दुवै पक्षबाट बराबरीको सङ्ख्या ९१३(१३ जना० मा सदस्यहरू रहने केन्द्रीय सचिवालय गठन गर्नेछ।

६ एकता महाधिवेशनसम्म पार्टीको दैनिक कार्य सञ्चालनका लागि एकीकृत पार्टीको केन्द्रीय समितिले अन्तरिम पार्टी सञ्चालन कार्यविधि बनाई सोही अनुरूप पार्टीका काम कार्यवाहीहरू अगाडि बढाइनेछ।

७ सोही कार्यविधि अनुसार दुई महिनाभित्र दुवै पार्टी मातहतका हाल रहेका सम्पूर्ण संरचनाहरू गठन, पुनर्गठन र समायोजन सम्पन्न गरिनेछ।

८ पार्टी एकीकरणको सम्झौता भएको मितिले ६ महिना भित्र पार्टीको एकता महाधिवेशन सम्पन्न गरिनेछ।

९ एकीकृत पार्टीका अन्य सबै काम कारबाही दुवै दलका संवाद समितिले तयार पारेको संयुक्त प्रतिवेदनले दिशानिर्देश गरे अनुरूप हुनेछ।

१० एकीकृत पार्टीको पहिलो महाधिवेशनअगाडि कुनै वाधा अड्चन आएमा त्यसको अन्तिम व्याख्या र निरूपण एकीकृत पार्टीको केन्द्रीय समितिले गर्नेछ।