४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै विजयी



अ+ अ-

काठमाडौं । विशेष अदालत बार एसोसियसनको अध्यक्षमा नेकपा (एमाले) निकट पीपीएलएको प्यानलै निर्वाचित भएको छ ।

टीकाबहादुर कुँवर अध्यक्ष रहेको पीपीएलएको प्यानल निर्वाचित भएको हो ।

कुँवर यसअघि नै अध्यक्ष पदमा निर्विरोध भएका थिए । जसअनुसार आज उपाध्यक्ष र सचिव र सदस्यहरुमा निर्वाचन भएको हो ।

उपाध्यक्षमा शशिनाथ मरासिनीले २५ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी पवित्रा राउतले १५ मतमात्रै ल्याइन् ।

सचिवमा २६ मत ल्याएर युवराज बञ्जाडे विजयी भए । उनका प्रतिस्पर्धी मनिषा बस्नेतले १४ मतमात्रै ल्याइन् ।

यस्तै, सहसचिवमा कोपिला बस्नेत, कोषाध्यक्षमा गणेश घिमिरे र महिला सदस्यमा मौसम राई निर्वारोध निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा सन्तोष कोइराला, गौरव डाँगी, शिवराम श्रेष्ठ, वसन्त जोशी, कुमारराज कार्की, यज्ञप्रसाद खतिवडा र बोलाराम पाण्डे विजयी भएका छन् ।