८ पुष २०८२, मंगलवार
,
Latest
जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्: रविलक्ष्मी चित्रकार बाढीपीडित परिवारका न ओढ्ने कपडा न त बास पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै मेची भन्सार कार्यालयः पाँच महिनामा २० अर्ब १४ करोडको आयात माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजबाट जावलाखेल स्थित सदर चिडियाखाना सर्वसाधारणका लागि खुल्यो



अ+ अ-

काठमाडौं । गतवर्ष चैत ७ गतेदेखि बन्द भएको ललितपुरको जावलाखेल स्थित सदर चिडिया खाना आज (बिहीबार) देखी सर्वसाधारणका लागि खुल्ला भएको छ  । सदर चिडियाखानाका प्रमुख डा. चिरन्जीबी पोखरेलले बन्द भएको ९ महिना पछि चिडियाखानालाई खल्ला गरिएको बताउनुभयो । चिडियाखाना दैनिक बिहान १० बजे देखि साँझ ५ बजेसम्म खुल्ला गरिने छ । एकपटकमा ८ सय जना सम्मलाई प्रवेश दिइने पनि डा. पोखरेलले बताउनुभयो ।

चिडिया खाना घुम्न जाने व्यक्ति बढीमा डेढ घण्टा सम्म भित्र बस्न पाउने व्यवस्था पनि गरिएको छ । घुम्न आउनेले मास्क अनिवार्य लागाउनुपर्ने छ भने चिडियाखाना भित्र प्रवेश गर्दा हात सेनिटाइज गर्नुपर्ने, जुत्ता निसंक्रमण गर्नुपर्ने लगायतको व्यवस्था पनि गरिएको डा. पोखरेलले बताउनुभयो । यस्तै चिडियाखाना भित्र जनावरको नजिक जान, पार्कमा बसेर खान, वन्यजन्तुलाई खुवाउन र छुन पाइने छैन भने बालबालिकालाई खेलाउन नपाइने नियम समेत बनाइएको छ ।  चिडियाखाना अवलोकन गर्न आउनेहरु पनि लामो समयपछि चिडियाखाना भित्र घुम्न पाउँदा खुशि लागेको बताएका छन् । पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गरि जनावरहरुको अवलोकन गर्न पाउने व्यवस्था गरिएकाले असुरक्षा महसुस नभएको पनि उनीहरुले बताए ।

नेपाल सरकारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को निर्णय पछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरी विहीबारदेखि चिडियाखाना खुल्ला गरिएको हो । चिडियाखना अवलोकनका लागि घरबाटै टिकट खरिद गर्न सकिने व्यवस्था पनि गरिएको छ । काउन्टरबाट टिकट खरिद गर्दा समेत अनलाइन टिकट प्राप्त हुने छ । चिडियाखानामा अवलोकन गर्नका लागि १ सय ५० रुपैयाँ टिकट दर निर्धारण गरिएको छ भने नेपाली विद्यार्थी र ज्येष्ठ नागरिकका लागि ९० रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।