१९ असार २०८३, शुक्रबार
,
Latest
३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने विभागद्वारा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन निर्देशन सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्ने : एमाले भारतीय प्रधानमन्त्री मोदी अर्को साता इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पछिल्लो २४ घण्टामा बिहिबार १ हजार २ सय १७ कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार २१७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको छ ।

त्यसैगरी सक्रिय संक्रमितको संख्या १२ हजार ३८६ छ भने १ हजार ६४ संक्रमित निको भइसकेका छन् । मन्त्रालयले पछिल्लो २४ घण्टामा १२ कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ६६३ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म २ लाख ३१ हजार ६०१ संक्रमित निको भइसकेका छन् । तथ्यांक अनुसार कुल १८ लाख १३ हजार २०४ पीसीआर परीक्षण गरिएको छ ।