७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

लिंग-आधारित हिंसा विरूद्ध १६ दिने सक्रियता अभियान सफलतापूर्वक सम्पन्न

लिंग-आधारित हिंसा विरूद्ध १६ दिने सक्रियता अभियान सफलतापूर्वक सम्पन्न
अ+ अ-

काठमाडौं । लिंग-आधारित हिंसा २०२० विरुद्ध १६ दिने सक्रियता अभियान आज सफलतापूर्वक सम्पन्न भएको छ । जोन्टा क्लब काठमाडौंले नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म दुवै औपचारिक र अनौपचारिक क्षेत्रमा काम गर्ने महिलामा हुने हिंसा अन्त्य गर्न जनचेतना जगाउने अभियान आयोजना गरेको थियो । यस अभियानका लागि जोन्टा क्लब काठमाडौंले नेपाल चेम्बर अफ कमर्स एन्ड इंडस्ट्रीज (एफएनसीसीआई), अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), माइग्रेसनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) र पौराखी नेपाल, कुमारी बैंक लिमिटेड र रोयल थाई दूतावास नेपालसंग सहकार्य गरेको थियो ।

“अरेन्ज द वल्र्डः फन्ड, रेस्पोन्ड,प्रिभेन्ट र कन्ट्रोल” “हिंसा र उत्पीडनबाट मुक्त कार्यको विश्वः एक अधिकार र एक दायित्व”, नारासँग यस अभियानले काम गर्न सुरक्षित र सुव्यवस्थित वातावरणको आवश्यकता, पिडित महिलाहरूसम्म पुग्ने तरिकाहरु र पिडितहरुको आवाज सुन्नका लागि रिपोर्टिंग प्रणालीलाई सजिलो बनाउनु पर्ने कुराहरुमा प्रकाश पारेको थियो । यस अभियानको उद्धघाटन नेपाल सरकारको महिला, बालबालिका र वरिष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री लीलानाथ श्रेष्ठको उपस्थितिमा भएको थियो । अभियानको क्रममा जोन्टा क्लब काठमाडौंले तीन भर्चुअल प्यानल छलफल आयोजना गरेको थियो । उक्त छलफलमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूले जीबीभी, मनोवैज्ञानिक र आर्थिक प्रभावहरू बिरूद्ध जागरणको आवश्यकता र महत्व प्रकाश पारे र विशेष गरी विश्वमा हिंसा र उत्पीडनको बढ्दो घटनाहरूको समाधान खोज्न आवश्यक रहेको मन्त्री श्रेष्ठले बताउनु भयो ।

एचआर प्रोफेशनलहरूका लागि भर्चुअल प्रशिक्षण पनि आयोजित गरिएको थियो । यसको उद्देश्य उनीहरूलाई कार्यस्थलमा नीति बनाउने र कार्यान्वयन गर्ने आवश्यकतालाई बुझ्न र यसलाई सुरक्षित र हिंसा र उत्पीडनबाट मुक्त बनाउनको लागि मद्दत पुर्‍याउने रहेको थियो । भर्चुअल कार्यक्रममा ५०० भन्दा बढी व्यक्तिहरूको सहभागीता रहेको थियो । त्यसैगरी फेसबुक लाइभ भने ८ हजार भन्दा बढिले हेरेका थिए । अभियानमा ठूलो संख्यामा दर्शकहरूको सहभागिता रहनुको साथै कार्यक्रम सफल भएको छ । 

अभियानको एक हिस्साका रूपमा कार्यस्थलमा हुने हिंसा र उत्पीडन अन्त्यका लागि सचेतनाका स्टिकरहरू निर्माण र वितरण गरेको थियो । सुरक्षित आप्रवासनको आवश्यकतामा केन्द्रित महिला आप्रवासी कामदारहरूलाई लक्षित गर्दै रेडियो कार्यक्रम र जिङ्गलहरू पनि बजाएको थियो । यस बाहेक, मिडिया व्यक्तित्व माल्भिका सुब्बाले आधिकारिक फेसबुक पेजमा “महिला प्रवासी मजदूर जीवन रक्षा र सफलता डायरी” शीर्षकमा प्रवासी महिलाहरुसंँग उनीहरुको संर्घष र सफलताहरूका बारेमा चारवटा विभिन्न सत्रहरू आयोजना पनि गरेका थिए ।

व्यापक जागरूकताका लागि कार्यस्थल उत्पीडन अन्त्यका सन्देशहरू युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा डिसेम्बर १०, २०२० मा पनि प्रदर्शन गरिएको थियो । अभियानको अन्त्यमा जोन्टा क्लब काठमाडौंकी अध्यक्ष जोनशियन सीमा गोल्छाले भन्नुभयो, “जोन्टा क्लब काठमाडौं लिंग—आधारित हिंसा २०२० को बिरूद्ध १६ दिने सक्रियताको सम्पन्न गर्न पाउँदा निकै खुसी छौं, जसको उद्देश्य जागरूकता जगाउन र महिलाहरुका लागि कार्यस्थलमा सुरक्षित र मैत्रीपूर्ण वातावरण निर्माण गर्न प्रभाव पार्नु थियो । यस अभियानलाई सफल बनाउन सहकार्य र समर्थनका लागि सम्मानित साझेदार संगठनहरूप्रति आभारी छौं । दुबै औपचारिक र अनौपचारिक क्षेत्रमा महिला श्रमिकहरूले भोगेका हिंसा र असुरक्षाको बारेमा जनचेतना जगाउनुका साथै अधिकार र प्रावधान तथा उपलब्ध समर्थन संयन्त्रका बारे सबैलाई जानकारी गराउनु महत्वपूर्ण छ । 

जोन्टा क्लब काठमाडौंको बारेमा
जोन्टा क्लब काठमाडौं कानुनी रुपमा दर्ता भएको गैर नाफामुलक सरकारी संस्था हो जसले महिलाहरुको स्तर उन्नतिका लागि काम गरिरहेको छ । यो क्लबमा विभिन्न पृष्ठभूमिका ५४ सदस्यले प्रतिनिधित्व गरिरहेका छन् जो सामाजिक सक्रियतावादी, बैंकर, उद्यमी, डाक्टर, वकिल, आर्किटेक्ट, व्यवसाय नेतृत्व र प्रोफेशनलहरु छन् । महिला हिंसाको विरुद्ध कडा वकालक गर्नुका साथै जोन्टाले महिला सशक्तिकरण गर्ने उद्देश्यका लागि जागरुकता र वकालतलाई मजबुद अंशको रुपमा लिन्छ ।