७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

डिजिटल अर्थतन्त्र र वित्तीय प्रणालीको विकासमा राष्ट्र बैंक प्रतिबद्ध–गभर्नर महाप्रसाद अधिकारी

डिजिटल अर्थतन्त्र र वित्तीय प्रणालीको विकासमा राष्ट्र बैंक प्रतिबद्ध–गभर्नर महाप्रसाद अधिकारी
अ+ अ-

 काठमाडौ   गभर्नर महाप्रसाद अधिकारीले डिजिटल अर्थतन्त्र र वित्तीय प्रणालीको विकास र प्रवद्र्धनका लागि नेपाल राष्ट्र बैंक प्रतिबद्ध रहेको बताउनु भएको छ ।  संयुक्त राष्ट्रसंघीय पुँजी विकास कोष र सिङ्गापुर मनिटरी अथोरिटीद्वारा २०७७ मङ्सिर २२ देखि आयोजना गरिएको ‘सिङ्गापुर फिन्टेक महोत्सव’ लाई सम्बोधन गर्दै  गर्भनर अधिकारीले राष्टज्ञबैक प्रतिबद्ध रहेको बताउनु भएको हो । महोत्सवलाई मङ्सिर २५ गते भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले नेपालमा डिजिटल अर्थतन्त्र र वित्तीय प्रणालीको विकास र प्रवद्र्धनका लागि नेपाल राष्ट्र बैंक प्रतिबद्ध रहेको बताउनुभयो ।

‘कृषि र खाद्य प्रणालीमा डिजिटल बैंकिङले पु¥याउन सक्ने सहयोग’ विषयमा मन्तव्य राख्दै गभर्नर अधिकारीले भन्नुभयो, “वित्तीय क्षेत्रको नेतृत्वदायी निकाय हुनुका नाताले नेपालमा  डिजिटल अर्थतन्त्रको विकासका लागि राष्ट्र बैंकको अत्यन्तै ठूलो भूमिका रहेको तथ्यलाई हामीले महसुस गरेका छौं । त्यसैले नेपालमा ‘डिजिटल पर्यावरण’को विकासको लागि हामी प्रतिबद्ध छौं ।” नेपाल सरकारले डिजिटल अर्थतन्त्रको प्रवद्र्धनका निम्ति ‘डिजिटल नेपाल प्रारूप’को महत्वाकांक्षी योजना अगाडि सारेको उल्लेख गर्दै गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्र, शासकीय व्यवस्था र सामाजिक क्रियाकलापको रूपान्तरणमा यो अभियानले सार्थक भूमिका खेल्नेविश्वास व्यक्त गर्नुभयो ।

“यो प्रारूपलाई नेपालको ‘डिजिटल आधारशीला’को रूपमा लिइएको छ । यसको कार्यान्वयनबाट नेपालको कृषि, स्वास्थ्य, शिक्षा, उर्जा, पर्यटन, वित्त र सहरी पूर्वाधार विकाससँगै मुलुकको समग्र आर्थिक तथा सामाजिक विकासले  एउटा फड्को मार्ने मेरो विश्वास छ ।” उहाँले भन्नुभयो पछिल्लो समयमा नेपालमा विद्युतीय बैंकिङ र भुक्तानी प्रणालीको विकासलाई नेपाल सरकार र राष्ट्र बैंकले उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै गभर्नर अधिकारीले यसको कार्यान्वयनका निम्ति कानूनी, नीतिगत एवम् संस्थागत व्यवस्थालाई सबल तुल्याइएको धारणा व्यक्त गर्नुभयो । यसैको परिणाम स्वरूप भुक्तानी प्रणालीको विकास तथा सञ्चालन, इजाजत प्रक्रिया, सम्बद्ध संस्थाको सुपरिवेक्षणको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको उहाँको भनाई थियो । डिजिटल बैंकिङको विस्तारसँगै यसको नियमन र सुपरिवेक्षणको क्षेत्रमा चुनौती थपिएको उल्लेख गर्दै उहाँले त्यसप्रति नियामक निकायहरू सजक रहनुपर्ने धारणा राख्नुभयो ।

पछिल्लो समयमा विश्वव्यापी रूपमा देखापरेको कोभिड–१९ महामारीले डिजिटल बैंकिङको सान्दर्भिकतालाई थप सबल बनाएको उल्लेख गर्दै गभर्नर अधिकारीले कृषि तथा खाद्य प्रणालीलाई समेत डिजिटल प्रविधिसँग आबद्ध गराउनुपर्ने आवश्यकतामा जोड दिनुभयो । उहाँले भन्नुभयो, “डिजिटल प्रविधिको प्रयोगबाट कृषिजन्य उत्पादन, उत्पादकत्व अभिवृद्धि, लगानी, मूल्य निर्धारण, बजार व्यवस्थापन र भुक्तानी कार्यलाई सहजीकरण गर्न सकिन्छ । यसबाट अन्ततः दिगो कृषि र खाद्य प्रणालीमा दूरगामी प्रभाव पार्नेछ ।” हाल सहरी क्षेत्रमा केन्द्रित रहेको डिजिटल प्रणालीलाई ग्रामीण क्षेत्रसम्म विस्तार गरी स्थानीय कृषक ‘ई–कमर्स’सँग जोड्नुपर्ने उहाँको सुझाव थियो ।

साथै, डिजिटल प्रविधिको प्रयोगबाटै ग्रामीण  कृषकहरूलाई वित्तीय स्रोतको व्यवस्था, बीमा, कृषिसम्बन्धी सूचना÷जानकारी विद्युतीय भुक्तानी र लगानीका अवसर उपलब्ध गराउनुपर्ने आवश्यकता गभर्नर अधिकारीले औंल्याउनुभयो । नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब २८ प्रतिशत हिस्सा र झण्डै दुई तिहाई जनसंख्याको जीविकोपार्जनको स्रोत कृषि नै रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले कृषकहरूलाई थप व्यावसायिक बनाउन यसै वर्ष मौद्रिक नीतिमार्पmत कृषि ऋणपत्र र किसान क्रेडिट कार्डसम्बन्धी  व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको जानकारी दिनुभयो । आयोजकले अनलाइनमार्पmत चौबीसै घण्टा उक्त महोत्सव सञ्चालन गर्दै आएका छन् ।

मङ्सिर २६ गतेसम्म चल्ने उक्त महोत्सवमा फरकफरक विषयका सम्मेलनहरू सञ्चालन गरिएका छन् । यसै क्रममा बिहिबारसम्म क्रमशः आर्थिक, पूर्वाधार, प्रभाव र लगानी सम्बन्धी सम्मेलन आयोजना भएका छन् भने महोत्सवको अन्तिम दिन शुक्रबार ‘ट्यालेन्ट’ विषयक सम्मेलन आयोजना हुनेछ । उक्त महोत्सवमा ६०० भन्दा बढी सत्र (सेसन)हरू सञ्चालन हुने, १,४०० वक्ताहरूले आफ्नो धारणा प्रस्तुत गर्ने, ६० हजारभन्दा बढीको सहभागिता रहने र १३० भन्दा बढी मुलुकका सात हजारभन्दा बढी अन्तर्राष्ट्रिय कम्पनीले प्रतिनिधित्व गर्ने अनुमान आयोजकले गरेका छन् ।

 ‘सिङ्गापुर फिन्टेक महोत्सव’लाई डिजिटल बैंकिङ प्रविधिको प्रवद्र्धन र विकासको दृष्टिकोणले  विश्वकै सबैभन्दा ठूलो महोत्सवका रूपमा लिने गरिएको छ । डिजिटल बैंकिङको क्षेत्रमा
अन्तर्राष्ट्रियस्तरमा भएका नवप्रवर्तन, नवीनतम अभ्यास, नीतिगत व्यवस्थाबारे सरोकारवाला निकायका प्रतिनिधिहरूबीच ज्ञान, सीपको आदानप्रदानका लागि यस महोत्सवलाई साझा मञ्च मानिन्छ ।