७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

प्रहरी सेवामा युवाको उत्साह

प्रहरी सेवामा युवाको उत्साह
अ+ अ-

पोखरा । मंसिरको महिना उस्तै हुस्सु लागेको छ । रत्नचोक–७ स्थित सशस्त्र प्रहरी गुल्म गण्डकीको प्राङ्गणमा भने जाडोको पर्वाह नगरी टिसर्ट र हाफ कट्टुमा शारीरिक सहिष्णुताको प्रशिक्षणमा पसिना बगाइरहेका छन् युवाको एक जत्था । तालीममा सहभागी कुस्मा–८ चुवा पर्वतकी २० वर्षीय स्वस्तीका परियार बाबुआमाको इच्छा पूरा गर्न प्रहरी भर्तीमा आएको बताउनुभयो । 

“भर्खर कक्षा ११ को परीक्षा दिएर आएको हो, आमा बुबाले छोरी प्रहरीमा भर्ती भएको देख्न चाहनुभएको छ उहाँहरुको इच्छा र मेरो रहरले राष्ट्रसेवामा लाग्न प्रेरित गरेको छ”, उहाँले भन्नुभयो, “तालीम गाह्रो भए पनि आफू उत्तीर्ण हुने विश्वास लिएको छु ।’’ 

अर्का सहभागी स्याङ्जा बयरघारीकी विनिता एसकेले जापान जाने इच्छा मारेर प्रहरीमा जागिर खान आएको बताउनुभयो । “जापान जान जापानी भाषा सिकेर बसेकी थिएँ तर बाबाले विदेश नगएहुन्थ्यो भन्ने चाहना व्यक्त गर्नुभयो, अब प्रहरी बनेर राष्ट्रसेवा गर्ने रहर आयो”, उहाँले भन्नुभयो, ‘‘आजसम्मको प्रशिक्षण राम्रो भएकाले अब लिखित र अन्तवार्तामा सफल हुने विश्वास छ ।” सशस्त्र प्रहरी रहनुभएका दाइले प्रहरीको जागिर सुख नभई दुःख हुन्छ भने पनि आफूलाई यस क्षेत्रप्रति रुची जागेर आएको उहाँको भनाइ छ । 

 शारीरिक सहिष्णुता प्रशिक्षणमा उत्तीर्ण हुनुभएकी स्याङ्जाकी २० वर्षीया सुलोचना रेग्मी दोस्रोपल्ट प्रहरीमा आवेदन दिएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “यसअघि पनि म प्रहरी सहायक निरीक्षक पदका लागि आएको थिएँ तर छिटै बाहिरिएँ, अहिले अलि बढी आत्मविश्वासका साथ आएकी छु, छनोट हुन्छु जस्तो लागेको छ ।” स्नातक तेस्रो वर्षमा अध्ययनरत रेग्मीले प्रहरीको ‘चेन अफ कमाण्ड’ र अनुशासनका कुराले प्रहरी सेवामा जागिर खाने रहर लागेको बताउनुभयो । मलाई प्रहरीमा जागिर खान असाध्यै मन लागेको छ, हेरौँ रहर कत्तिको पूरा हुन्छ”, उहाँले भन्नुभयो । 

पर्वत शङ्करपोखरी विष्टपानीका सञ्जय भुसालले यही मंसिर १६ गते मात्रै १२ कक्षाको परीक्षा सकेर प्रहरीमा जागिर खाने सोचले दर्खास्त दिएको बताउनुभयो । आमाको निधन भइसकेको र बुबा एक्लो भएकाले पनि विदेशभन्दा स्वदेशमै परिवारको रेखदेखसँगै राष्ट्रको सेवा गर्ने पाइने भएकाले प्रहरीमा भर्ति हुन आएको उहाँको भनाइ थियो । “म परिवारको साथमा रहेर आफ्नै देशको सेवामा समर्पित भएर काम गर्ने रहरले यस क्षेत्र रोजेको हुँ, हेरौँ बाँकी परीक्षा कस्तो हुन्छ आजसम्मको राम्रो भएको छ”, भुसालले भन्नुभयो । 

 स्याङ्जाका १९ वर्षीय झलमान श्रेष्ठ सानैदेखिको रुचीले प्रहरीमा भर्ती हुन आएको बताउनुभयो । कक्षा १२ पास गर्नुभएका श्रेष्ठले भन्नुभयो, “मलाई सानैदेखि प्रहरीमा जागिर खान मन लागेको थियो, मेरो काका पनि यस क्षेत्रमा हुनुहुन्छ । छनोट हुनसके यसै क्षेत्रबाट राष्ट्रसेवा गर्ने चाहना छ ।”

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक जयबहादुर खड्काले विगत वर्षमा भन्दा यो वर्ष सशस्त्र प्रहरीमा युवाको उत्साहजनक सहभागिता भएको जानकारी दिनुभयो । देशभरि जम्मा एक हजार ८३३ को दर्खास्त आह्वान गरिएको थियो तर ५५ हजारको आवेदन परेको छ । गण्डकी प्रदेशमा २ हजार ४५ को आवेदन परेकामा अहिले ६७९ जना छनोटमा महिला ६२ र र पुरुष ६१७ छन् । त्यसबाट पनि छनोट हुँदै जाने उहाँको भनाइ छ । उहाँले अहिले कोरोना महामारीका कारण धेरैले रोजगारी गुमाएको र विदेशबाट पनि युवा फर्किएकाले प्रहरी सेवामा युवाको आर्कषण बढेको हुनसक्ने बताउनुभयो । उहाँका अनुसार प्रशिक्षणमा पढेलेखेका शारीरिकरुपमा पनि निकै तन्दुरुस्त युवाको सहभागिता रहेको र राष्ट्रसेवाप्रतिको भाव पनि निकै सकारात्मक देखिएको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक काजी खालिङ राई विभिन्न पाँच चरणबाट प्रहरीका लागि छनोट गरिने बताउनुभयो । उहाँले अनुसार साधारण प्रारम्भिक शारीरिक परीक्षण, शारीरिक सहिष्णुता प्रशिक्षण, स्वास्थ्य परीक्षण, लिखित परीक्षा, अन्तर्वार्ता दिएपछि उत्कृष्टताका आधारमा अन्तिम चरणबाट प्रहरी छनोट हुने जानकारी दिनुभयो । 

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयका सशस्त्र प्रहरी नायब उपरीक्षक हस्तबहादुर गुरुङले राष्ट्रसेवाका लागि युवाको यो उत्साह निकै सकारात्मक भएको बताउनुभयो । “महिला पुरुष दुवैको सहभागिता राम्रो छ, कोरोना कहरले धेरै युवालाई अहिले देशको माटोप्रति माया जगाएको छ । रोजगारको अवसर खोजिरहेका युवा प्रहरी सेवाप्रति निकै आकर्षित भएको अहिलेको आवेदनको सङ्ख्याले देखाउँछ ।” उहाँका अनुसार गण्डकी प्रदेशका लागि पोखरा र तनहुँमा सशस्त्र प्रहरी भर्तीका लागि प्रशिक्षण भइरहेको छ । (रासस)