१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

माओवादी सांसदको प्रश्न: सरकार जेलनेल भोगेका नेताहरुले चलाएका छन् की अरु कोहीले ?

माओवादी सांसदको प्रश्न: सरकार जेलनेल भोगेका नेताहरुले चलाएका छन् की अरु कोहीले ?
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले सरकार विचौलियाले चलाएको आरोप लगाउनुभएको छ ।

सोमवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले व्यवसायीहरुले विद्युतको महशुल तिर्न अदालतले आदेश दिएको भएपनि वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुभएको नीति महशुल मिनाह गर्ने किसिमको रहेको बताउनु भयो । उहाँले अहिलेको सरकारका नीतिमा विचौलियाहरु हाबी भएको स्पष्ट देखिएको पनि बताउनु भयो । उहाँले सरकार जेलनेल सहेका नेताहरुले चलाइरहेका छन् की अरु कोहीले भन्दै प्रश्नसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘चाहे त्यो विद्युत प्राधिकरणमाथिको विद्युत महशुल तिर्नेकुरा यो अदालतको कुरा हेर्दा, संसदीय समितिका कुरा सुन्दा अरु कुरा सुन्दा र मोटामोटी डाटामा हेर्दा, ९० वटा मुद्दा पुनरावेदन गरेका समेत हेर्दा विद्युत बिल नतिर्ने ९० पटक, ९० वटा मुद्दा परेका रहेछन् । सबै पटक प्राय: अदालतले विद्युत महशुल तिर्नुपर्छ भनेको रहेछ । कतिपय मुद्दा विचाराधिन छन् र ९० मध्ये अधिकांशमा फैसला गरेको छ । तर अहिलेको प्रधानमन्त्री वा अहिलेको सरकारले लिएको नीति के हो ? त्यो जनताले वा राष्ट्रले बुझ्ने खालको, महशुल मिनाह गर्ने यसले विचौलिया हाबी भएको स्थिति स्वभाविक रुपमा देखिन्छ । अन्य तमाम क्षेत्रमा पनि समग्र रुपमा हेर्दा सरकारले जुन समृद्धिको बाटोबाट समृद्धि हाँसिल गर्ने जुन बाटो लिएको छ, त्यसले स्वभाविक रुपमा यो सरकार लामो समयदेखि जेलनेल बसेका नेताहरुले नै चलाइरहेका छन् की यो देशको सरकार अरु कोहीले चलाइरहेको छ ?’

सांसद शर्माले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल निजी कम्पनीलाई दिनेकुरा बाहिर आएको बताउनु भयो ।