१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

प्रतिनिधिसभा बैठकको शून्य समय: ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’को महसुल उठाउनैपर्छ

प्रतिनिधिसभा बैठकको शून्य समय: ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’को महसुल उठाउनैपर्छ
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले स्थानीय तथा राष्ट्रिय समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँहरुले उद्योगी तथा व्यवसायीले विद्युत्भार ‘लोडसेडिङ’को समयमा ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’ प्रयोग गरेबापत तिर्नुपर्ने थप महसुल तिर्र्नैपर्ने बताउनुभयो । महसुल उठाउनुपर्छ भन्ने मत राख्ने नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्यलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति सांसदहरुले गुनासो गर्नुभयो ।

विशेषगरी प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसदहरुले प्राधिकरणका सञ्चालक समितिका सदस्यलाई हटाउने ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्णय गलत भएको धारणा राख्नुभयो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आइतबार प्राधिकरणका दुई सञ्चालक समिति सदस्यलाई हटाएर नयाँ नियुक्ति गरेको थियो ।

शून्य समयमा सांसद सूर्यमान तामाङ दोङले नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समितिका सदस्यलाई बर्खास्त गरिएकामा आपत्ति प्रकट गर्नुभयो । उहाँले ठूला व्यवसायीले विद्युत् महसुल तिर्नु नपर्ने भए अरु उपभोक्ताले महसुल तिर्नुपर्ने कि नपर्ने भनी प्रश्न गर्नुभयो ।

सांसद हितबहादुर तामाङले लोडसेडिङ अन्त्य गरेर मुलुकलाई उज्यालो प्रदान गर्दै नेपाल विद्युत् प्राधिकरणलाई नाफामा लैजाने कार्यकारी निर्देशक कुलमान घिसिङको मनोबल गिराउने, कारबाहीको प्रपञ्च गर्ने प्रयास सरकारले गरेको भन्दै आपत्ति प्रकट गर्नुभयो ।

सांसद हितराज पाण्डेले सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षी दलले पाउनुपर्ने माग गर्नुभयो । उहाँले डेडिकेटेड र ट्रङ्क लाइनको महसुल उठाउनुपर्छ भन्ने मत राख्ने सञ्चालक समितिका सदस्यलाई हटाउने सरकारको निर्णय राम्रो नभएको बताउनुभयो ।

सांसद शेरबहादुर कुँवरले वर्तमान सरकारले नेपाली जनताको पक्षमा काम गर्न नसक्ने घटनाक्रमले पुष्टि गरिसकेको उल्लेख गर्दै डेडिकेटेड र ट्रङ्क लाइनको महसुल उठाउनुपर्छ भन्ने माग गर्ने नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका सदस्यलाई बर्खास्त गरिएकामा रोष प्रकट गर्नुभयो ।

सांसद बिना लामाले धादिङको गङ्गा जमुना गाउँपालिकामा गएको पहिरोका कारण जनजीवन प्रभावित भइरहेको भन्दै प्रभावितलाई उद्धार, राहत तथा पुन: स्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद विनिताकुमारी सिंहले वरिष्ठ सङ्गीतकार एवम् शास्त्रीय सङ्गीत साधक गुरुदेव कामत आर्थिक अभावका कारण उपचार गराउन नसक्दा अल्पायुमा निधन भएको उल्लेख गर्दै प्रतिभाशाली व्यक्तिको उपचारको सहज प्रबन्ध गर्न माग गर्नुभयो ।

सांसद श्यामकुमार घिमिरेले सिन्धुलीको दुधौली नगरपालिकामा एउटा वडाबाट अर्को वडामा जाने पुल मिर्नाणमा न्यून बजेट विनियोजन भएका कारण सडक सञ्चालनमा आउन नसकेकाले तत्काल सहजीकरण गरिदिन आग्रह गर्नुभयो ।

सांसद शान्ति विकले नेपालको इतिहास बदल्न नेपालको महिला र दलित समुदायले खेलेको भूमिकालाई नजरअन्जान गरेर मन्त्रिपरिषद्मा प्रभावकारी उपस्थिति गराउन नसकिएकामा गुनासो गर्नुभयो ।

सांसद शान्ति श्रेष्ठले काठमाडौँ उपत्यकाभित्रका मुख्य सडकमा हुने जामका कारण जनजीवन प्रभावित भएको, बर्सातको समयमा जलमग्न हुने अवस्था आएको भन्दै सहजीकरणका लागि आवश्यक पूर्वाधार निर्माण गर्न माग गर्नुभयो ।

सांसद शिव नेपालीले सार्वजनिक यातायातको प्रभावकारी र सहज व्यवस्थापन गरी नागरिकलाई सहज रुपमा यात्रा गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद शिशिर खनालले पश्पतिनाथ क्षेत्रमा भइरहेको कोटीहोमको समाचार सङ्कलनमा गएका सञ्चारकर्मीहरुमाथि दुव्र्यवहार भएकामा सरकारको ध्यानाकर्षण गराउँदै दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।

सांसद सन्तोष चालिसेले सांसद शोभिता गौतममाथि निर्वाचन क्षेत्रमा भएको दुव्र्यवहारप्रति दु:ख व्यक्त गर्नुभयो । सांसद सन्तोष परियारले नेपालको संविधानको मूलभूत पाटोका रुपमा रहेको समावेशी र समानुपातिक प्रतिनिधित्वलाई पछिल्ला दिनमा अस्वीकार गरिएको र सरकारले पछिल्ला दिनमा देखाएको व्यवहारप्रति आपत्ति प्रकट गर्नुभयो ।

सांसद सपनाराज भण्डारीले माध्यमिक शिक्षा परीक्षा र कक्षा १२ को परीक्षामा आधाभन्दा बढी विद्यार्थी असफल हुनुको खास कारण पत्ता लगाउन माग गर्नुभयो । सांसद सरस्वती बजिमयले निर्माण व्यवसायीले तोकिएको काम पूरा नगर्दा विकास निर्माणको काम प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सराजअहमद फारुकीले कपिलवस्तुमा नदी कटानका कारण स्थानीय किसान त्राहीमान भएको, बस्ती नै सङ्कटमा परेको उल्लेख गर्दै तटबन्धको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद सरिता प्रसाईले लागुऔषधको अवैध कारोबार र प्रयोगका कारण युवा कुलतमा फसेको तथ्य पेस गर्दै त्यसबाट शान्ति सुरक्षा समेत प्रभावित भएकाले उचित व्यवस्थापनका लागि गृह प्रशासनको ध्यानाकर्षण गराउनुभयो ।

सांसद डा स्वर्णिम वाग्लेले समृद्ध मुलुकको परिचयका रुपमा रहेको सार्वजनिक यातायात समस्यामा रहेको स्पष्ट पार्दै आवश्यक सुधारका लागि विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद शान्ति चौधरीले विभिन्न भाषाभाषी, जातजातिबाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित भए पनि आफूहरुमाथि संसद्मा नै अमर्यादित भाषा प्रयोग भएकामा गुनासो गर्नुभयो ।

सांसद सीता मिजारले राहदानीमा सामान्य समस्या आउँदा समेत थप दस्तुर तिर्नुपर्ने वाध्यात्मक अवस्था देखिएको भन्दै सुधारका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद सुनिता बरालले सडकको मर्मतसम्भारलाई विशेष प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । उहाँले पहाडी जिल्लामा सहज रुपमा हवाई टिकटको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद सुरेन्द्रराज आचार्यले छाडा पशुचौपायाका कारण कपिलवस्तुमा खेतीपातीमा समस्या पैदा भएको र स्थानीयवासी नराम्ररी प्रभावित भएको बताउनुभयो । सांसद सुशिला थिङले पशुपति र स्वयम्भूघाटमा शव अन्त्येष्टिका लागि प्रयोग हुने दाउराको मूल्यमा असमानता रहेको तथ्य पेस गर्नुभयो । सांसद सञ्जयकुमार गौतमले बाढी पहिरोका कारण भोजपुरको एक परियोजनामा कार्यरत बर्दियाका नागरिक प्रभावित भएको उल्लेख गर्दै उचित राहत र क्षतिपूर्तिको प्रबन्ध गर्न माग गर्नुभयो ।

सांसद हर्कमाया विश्वकर्माले व्यवस्था बलिएको भए पनि महिला र दलित समुदायको अवस्था नबदलिएको बताउनुभयो । सांसद हृदयराम थानीले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा समावेश गर्न माग गर्नुभयो । सांसद ज्ञानु बस्नेत सुवेदीले त्रिशूली बस दुर्घटनामा परेर बेपत्ता नागरिकको खोजीलाई निरन्तरता दिन माग गर्नुभयो ।