२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले हवाई टिकटमा हुने पद र पहुँचको दुरुपयोग तत्काल रोक्नुपर्छ: एमाले सचेतक बराल



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले)की सचेतक सुनिता बरालले हवाई टिकटमा पद र पहुँचको दुरुपयोग गर्ने काम तत्काल रोक्न सरकारसँग माग गर्नुभएको छ ।

हवाई यातायातका लागि पद र पहुँचको दुरुपयोग हुँदा सर्वसाधारणले टिकट नपाउने दु:खद् अवस्था रहेको उल्लेख गर्दै उहाँले त्यस्तो अवस्थाको अन्त्य हुनेगरी आवश्यक व्यवस्था मिलाउने काममा सरकारले ढिलाई गर्न नहुने उहाँको भनाई थियो । सोमवार प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै सचेतक बरालले विभिन्न जिल्लाहरुको सडक सञ्जाल मर्मतको काममा पनि तिब्रता दिन सरकारको ध्यानाकर्षण गराउनु भयो । दशैँ, तिहारजस्ता चाडपर्व आउन लागेकाले सरकारले सर्वसाधरणले सार्वजनिक यातायातबाट सहज ढंगले घर जान पाउने गरी सडक मर्मतको काम गर्नुपर्ने उहाँले बताउनु भयो ।

सचेतक बरालले भन्नुभयो, ‘चाँडबाड आउने क्रम सुरु भएकाले विभिन्न जिल्लाहरुमा जाने सडक मर्मत गर्ने कामलाई तिब्रता दिन जरुरी छ । हवाई यातायातमा असाध्यै धेरै अनियमितता हुन्छ भन्ने कुराको व्यापक गुनासो छ । पद र पहुँचको दुरुपयोग गर्ने र सर्वसाधारण जनताले टिकट नै नपाउने यो असाध्यै धेरै दु:खद् अवस्था छ । यो अवस्थाको अन्त्यका लागि सबै टिकट बिक्री गर्ने कामलाई सिष्टममा राख्ने र टिकट खोजिएको अवसरमा नियमित प्रक्रियाबाट उपलब्ध हुनेगरी प्रवन्ध मिलाउनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सचेतक बरालले सर्वसाधारणले सार्वजनिक यातायातमा धेरै दु:ख पाउने गरेकोतर्फ पनि सरकारलाई सचेत गराउनु भयो ।