७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

सीमा विवाद समाधानका लागि जुट्यो सहमति

सीमा विवाद समाधानका लागि जुट्यो सहमति
अ+ अ-

पहिरोथाप्ला (मुस्ताङ) । म्याग्दी र मुस्ताङ जिल्लाको सीमा विवाद समाधानका लागि सरोकारवालाबीच सहमति जुटेकोे छ । मुस्ताङको थासाङ गाउँपालिका–४ पहिरोथाप्लामा शनिबार दुई जिल्लाका सरोकारवालाको बृहत् छलफलमा नापी प्राविधिकको सहयोगमा विवादित ठाउँको सीमा पहिचान गर्ने र उनीहरुले निर्धारण गरेको सिमाना दुवै पक्षलाई मान्य हुने सहमति जुटेको हो ।

म्याग्दी र मुस्ताङस्थित जिल्ला समन्वय समितिको अगुवाइमा भएको छलफलमा दुवै जिससका पदाधिकारी, सिमानामा पर्ने अन्नपूर्ण र थासाङ गाउँपालिकाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा अधिकारी र स्थानीय अगुवाको उपस्थिति थियो । मुस्ताङको थासाङ गाउँपालिका–४ र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको सिमानामा पर्ने बादरजुङ र कालीबराह क्षेत्रको भूगोल दुवै जिल्लाका बासिन्दाले दावी गरेपछि विवाद चुलिएको थियो । जिसस म्याग्दीका प्रमुख देवेन्द्र केसीले नापी विभागका प्राविधिक ल्याएर सिमाना पहिचान गरी विवाद समाधान गर्न दुई जिल्लाको तीन÷तीन प्रतिनिधि सदस्य रहेको समिति गठन भएको जानकारी दिनुभयो ।

“समितिलाई नापी विभागसँग समन्वय गरेर प्राविधिक टोली ल्याई जिपिएसको माध्यमबाट बादरजुङ भिरको सिमाना पहिचान गर्न जिम्मेवारी दिने निर्णय भएको छ”, उहाँले भन्नुभयो, “नापी विभागका प्राविधिकले स्थलगत अध्ययन गरेर पहिचान गर्ने सिमानालाई दुवै जिल्लाका बासिन्दा स्वीकार गर्न सहमत भएका छन् ।” समितिमा अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन सुवेदी, थासाङका प्रमुख प्रशासकीय अधिकृत सन्तोष क्षेत्री, दानाका वडाध्यक्ष नरसिंह पुर्जा, घाँसाका वडाध्यक्ष विशाल गौचनका साथै म्याग्दी र मुस्ताङका नापी अधिकृत रहेका छन् ।

दाना र घाँसाका वडाध्यक्षले सिमानाका विषयमा प्रस्तुत गरेको दावी, तथ्य, नक्सा र प्रमाण बाझिएपछि नापी विभागको प्राविधिक टोलीको सहयोग लिने निर्णय भएको हो । सिमानामा प्रवेशद्वार निर्माण, वन र जडीबुटी प्रयोग गर्ने क्रममा म्याग्दीको दाना र मुस्ताङको घासाका बासिन्दाबीच सीमा विवादले सामाजिक द्वन्द्व बढाएको थियो ।

मुस्ताङका जिसस प्रमुख छिरिङ ल्यामो गुरुङले सिमानामा प्रवेशद्वार बनाउन रु ५० लाख विनियोजन गरे पनि विवादका कारण कार्यान्वयन हुन नसकेको बताउनुभयो । “गत वर्षको पुस २३ गते दुई जिल्लाका सरोकारवालाबीच भएको छलफलबाट विवाद समाधानका लागि भएको निर्णय कार्यान्वयन हुनसकेको थिएन”, उहाँले भन्नुभयो, “कोरोनाको जोखिम र लकडाउनका कारण प्रभावित भएको सीमा विवाद समाधानका लागि पुनः छलफल गरेर सहमति जुटाएका हाँै ।”

थासाङ गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचन र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले प्राविधिक अध्ययन प्रतिवेदनको आधारमा विवाद समाधान गर्न प्रस्ताव गर्नुभएको थियो । म्याग्दीका प्रजिअ उमाकान्त अधिकारी र मुस्ताङका प्रजिअ हीरादेवी पौडेलले तथ्य, प्रमाण र छलफलको माध्यमबाट सिमानाको विवाद समाधान गर्न सुझाव दिनुभएको थियो ।

सीमा क्षेत्रको जङ्गलमा चरिचरन, जडीबुटी सङ्कलन र वनको उपभोग गर्ने विषयमा सीमा विवाद हुँदा दाना र घासा तथा लेतका बासिन्दाबीच विवाद भएको दानाका बासिन्दा गङ्गा पुनले बताउनुभयो । कालीगण्डकीको तीरबाट धवलागिरि हिमालको फेदीसम्म म्याग्दी र मुस्ताङको सिमाना जोडिएको छ । अहिले मुस्ताङको घासा लेतेका बासिन्दाले बादरजुङ भिरको झोलुङ्गेपुल यताको तुरतुरे धारा सिमाना भएको दावी गर्दै आएका छन् । म्याग्दीको दानाका बासिन्दाले पुलबाट मुस्ताङतर्फ रहेको खोल्सालाई सिमाना भएको दावी गर्दै आएका छन् ।