३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल १ हजार १३९ मत गन्दा ओलीको ८४३ मत, अरु कसले कति पाए (सूचीसहित) सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छः मन्त्री चौलागाईं चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमिताभकी नातिनी नव्याको सिद्धान्त चतुर्वेदीसँग ब्रेकअप



अ+ अ-

एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चनकी नातिनी नव्या नवेली नन्दको नाम लामो समयदेखि ‘गली ब्वाई’ फेम अभिनेता सिद्धान्त चतुर्वेदीसँग जोडिएको छ । यसैबीच दुवैको ब्रेकअप भएको सुनिएको छ ।

दुबै लामो समयदेखि सँगै देखिएनन् । यसबाहेक दुवैले सामाजिक सञ्जालमा पनि एकअर्कासँग दूरी कायम गरेका छन् ।

बलिउड हंगामाको रिपोर्ट अनुसार नव्या र सिद्धान्त औपचारिक रुपमा अलग भइसकेका छन् । तर, ब्रेकअपपछि पनि दुवै जना असल साथी बनेका छन् । फ्यानहरूले सामाजिक सञ्जालमा पनि यी दुईबीचको दूरी देखेका छन् ।

पहिले दुवैले इन्स्टाग्राममा एकअर्काको पोष्ट लाईक गर्थे तर अहिले त्यस्तो छैन ।

उनीहरुको डेटिङको चर्चा त्यतिबेला सुरु भएको थियो, जब दुबै जना धेरै कार्यक्रममा सँगै देखिएका थिए । दुबैजना बिदा मनाउन ऋषिकेश गएका थिए र त्यहाँको फोटो पनि सेयर गरेका थिए । दुबै एकअर्काको घरमा हुने पार्टीमा पनि सँगै देखिएका थिए ।

कामको कुरा गर्दा सिद्धान्त अन्तिम पटक नेटफ्लिक्समा रिलिज भएको ‘खो गए हम कहाँ’ मा देखिएका थिए । आगामी दिनमा उनी ‘धडक २’ मा देखिनेछन् । यसमा उनको विपरित ‘एनिमल’ फेम तृप्ति डिमरी हुनेछिन् ।