९ श्रावण २०८३, शनिबार
,
Latest
यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताको स्वास्थ्यमाथि खेलवाड नहुने गरी काम गर्न मातहतका निकायलाई कृषिमन्त्रीको निर्देशन



अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले जनताको स्वास्थ्यमाथि खेलवाड नगर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो निर्देशन दिनुभएको हो । मन्त्री अधिकारीले खाद्य स्वच्छता तथा गुणस्तरको विषय संघीय सरकारसँग जोडिएको विषय भएकाले यसमा स्थानीय तहले गर्ने काम मात्रै भर परेर नसक्ने पनि सम्बन्धित निकायलाई सचेत गराउनु भयो । खाद्य स्वच्छता र गुणस्तरको प्रश्नले मन्त्री, सचिव लगायत कृषि मन्त्रालयलाई गाँज्ने गरेको उल्लेख गर्दै उहाँले त्यसको चित्तबुझ्दो जवाफ दिनुपर्ने आवश्यकता पनि औंल्याउनु भयो । मन्त्री अधिकारीले खाद्य स्वच्छता तथा गुणस्तरी सम्बन्धि ऐन कार्यान्वयनमा केन्द्रित हुन पनि मातहतका सबै निकायको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘जनताको स्वास्थ्यसँग खेलवाड गर्न त पाइएन नि । केही समस्या छन् भने मैले गर्नुपर्ने पहल हुन्छ । कहाँ जानुपर्ने म जान्छु । अघि सचिवजीले के भन्नुभयो भने तेलको, चाउचाउको काठमाडौं महानगरपालिकाले चेक गर्‍यो भन्नुभयो । त्यो राम्रो कुरा हो । सबै पालिकाहरुले गर्नसक्ने त राम्रो कुरा हो । तर हेला सचिवज्यू, तपाई कुन मन्त्रालयको सचिव हो रु भनेर यदी भनिदियो भने यहाँ चेक गर्ने काम नगरपालिकाको हो कि रु यो सँग जति विश्वसनियता हुन्छ, अरुले ल्याएको सामानमा त्यति हुँदैन । त्यसकारण मलाई लाग्छ, तपाई मन्त्री हुनुभएको छ । तपाईले म पनि किसानको छोरो हुँ भन्नुहुन्थ्यो । अनि यहाँ हाम्रो हेर्ने कसले भनेर भन्यो भने अब जे छ, त्यही ठिक छ भन्ने कि ।’

‘त्यसको जवाफ के हुनसक्छ रु त्यसका जवाफ दिनेगरी हामीले यहाँ बसेर काम गर्नुपर्छ । मेरो मान्यता के हो भने यस्ता प्रश्नको जवाफ दिन सक्नुपर्‍यो नि । काम गरे त हुन्थ्यो सबै पालिकाहरुले । तर जनताको विश्वसनियता कसमाथि होला । यसमा विचार गर्नुहोला । त्यो प्रश्न उठ्यो भने हामीप्रतिको विश्वसनियता गुम्न पनि सक्छ । यसतर्फ हामी सजग रहनुपर्छ भन्ने म जानकारी गराउन चाहन्छु । अब हामीसँग भर्खरै भोलिदेखि लागू हुनेगरी खाद्य स्वच्छता तथा गुणस्तर ऐन कार्यान्वयन चरणमा लैजाँदै छौं । अब यो ऐनलाई हामीले जनताको स्तरमा पुर्‍याउनका लागि र त्यही किसिमको सेवा दिनका लागि भूमिका कसको होला रु मलाई लाग्छ–यहाँ उपस्थित हुनुभएका राष्ट्र सेवक कर्मचारीहरुको हो नि । उहाँलाई प्रोत्साहित गरेर लैजानुपर्छ । उहाँहरुको वृद्धि विकासदेखि कुनैपनि ठाउँमा हामीले सहयोग पुर्‍याउन सक्यौँ भने जनतालाई विश्वास दिलाउन सकिन्छ भन्ने विश्वास म राख्न चाहन्छु ।’

मन्त्री अधिकारीले जनतामा विश्वास जगाउनेगरी परिणाममुखि काम गर्न मन्त्रालयका अधिकारीहरुले विशेष पहल गर्नुपर्ने बताउनु भयो ।