१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहको निर्वाचनका लागि एमालेको उम्मेदवार सिफारिसका लागि मापदण्ड तयार



अ+ अ-

काठमाडाैं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिसका लागि मापदण्ड तयार पारेको छ । मंगलबार बसेको  सचिवालय बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वडाध्यक्ष र सदस्यको उम्मेदवारको सिफारिस वडा कमिटीबाट गर्ने र जिल्ला कमिटीले टिकटको निर्णय गर्ने विधि तय गरेको हो।अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा  बसेको एमाले सचिवालय बैठकले स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिसका लागि मापदण्ड पारित गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिका अध्यक्ष र उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुखको सिफारिस जिल्ला कमिटीले गर्ने तथा निर्णय प्रदेश कमिटीले गर्ने गरी मापदण्ड तय गरेको छ । बैठकले महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखको टिकटका लागि जिल्ला र प्रदेश कमिटीले सिफारिस गर्ने तथा टिकटको निर्णय पार्टी केन्द्रले गर्ने निर्णय गरेको छ । केन्द्रीय कमिटी बैठकले राजनीतिक प्रतिवेदनसहित दिशा निर्देश गर्ने भएको छ ।

आगामी चुनावी रणनीति बनाउन एमालेले यही चैत ७ गते पोलिटब्यूरो तथा चैत ९ र १० गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यस्तै चैत १३ गते स्थायी कमिटी बैठक बस्ने गुरुङले जानकारी दिनुभयो । बैठकले निर्वाचनका लागि घोषणापत्र निर्माण गर्नेसमेत निर्णय गरेको छ ।

यसै गरी बैठकले  थिंक ट्यांकहरु रहेको निर्देशक समिति गठन गरेको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा  गठन समितिमा उपमहासचिव प्रदिप ज्ञवाली र स्थायी कमिटी सदस्य डा राजन भट्टराई , डा. युवराज खतिवडा, डा. दिनेश देवकोटा,डा. अन्जान शाक्य,डा. राजेश अहिराज र डा. योगेन्द्र ढकाल (अजय शर्मा) रहनु भएको छ ।