७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी

‘माया देकै हो’ लोकगीत बजारमा

‘माया देकै हो’ लोकगीत बजारमा
अ+ अ-

काठमाडौं । गायक तथा सङ्गीतकार वसन्त थापा र समीक्षा अधिकारीको स्वर रहेको लोकगीत ‘माया देकै हो’ बजारमा आएको छ । निलमप्रसाद पन्तको गीतलाई ओवी रायमाझी युट्युब च्यानलबाट बजारमा ल्याइएको हो ।

 यो गीत  युट्युबमा तीन लाख ४० हजार बढीले हेरिसकेको जनाइएको छ । गीतमा भरत बाराकोटीको शब्द सङ्कलन तथा गायक थापाकै सङ्गीत  छ । गीतको भिडियोमा रायमाझी, सारिका केसी र मेलिना मगरले अभिनय गर्नुभएको छ ।  सङ्गीत संयोजन कृष्ण विकको रहेको छ भने भिडियो निर्देशन कपिल लामाले गर्नुभएको छ । 

सङ्गीतकार थापाका गीतले युट्युबमा पनि उत्तिकै भ्यूज बटुलिरहेको बताइएको छ ।  उहाँका धेरै गीत करोड क्लबमा छन् । उहाँले सङ्गीत गरेको गीत ‘सालको पातको टपरी’ले युट्युबमा छ करोड ५३ लाख बढी भ्यूज पाएको छ । यस्तै ‘लोभी आँखा’ दुई करोड ८५ लाख बढी,  ‘चौतारीको वर’ एक करोड ९० लाख बढी र ‘उही खोलीमा पानी’ एक करोड ६८ लाख बढी  पटक हेरिएको छ । 

अ लाइफ इन म्युजिक

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र समप्रिया सङ्गीत प्रतिष्ठानले कोरोना महामारीका बीच गत भदौ २५ गतेदेखि शुरु गरेको  ‘अ लाइफ इन म्युजिक’नामक संवाद कार्यक्रमको १६ शृङ्खला सम्पन्न गरेका छन् । प्रतिष्ठानले शास्त्रीय सङ्गीत तथा नृत्य क्षेत्रका कलाकारसँग जुमका माध्यमबाट संवाद गर्दै आइरहेका छन् । 

कार्यक्रम प्रतिष्ठानको फेसबुक पेज ‘नेपाल एकेडेमी अफ म्युजिक एण्ड ड्रमा’बाट प्रत्यक्ष प्रसारण हुने गर्छ । सो कार्यक्रममा मनमोहन थपलिया, रुपक सरोद न्यौपाने, नगेन्द्रबहादुर राई, नृत्याङ्गना सुविना श्रेष्ठ, मोहन वीणा, वादक रोशन शर्मा, तवला बादक प्रमोद उपाध्याय, डा सीता थापा, विष्णु आचार्यलगायतका सङ्गीतसाधकको सहभागिता थियो । कार्यक्रमलाई कुन्दन पाठक र जोनिशा पौडेलले संयुक्तरुपमा सञ्चालन गर्दै आउनुभएको प्रतिष्ठानका सूचना अधिकृत ध्रुव वाग्लेले जानकारी दिनुभयो । 

यस्तै प्रतिष्ठानसँगको सहकार्यमा ध्रपद गुरुकूल काठमाडौँले ‘स्वर मध्यमा’ शास्त्रीय सङ्गीत साधकसँगको संवाद सञ्चालन गरिरहेको छ । गत भदौ  २२ गतेदेखि फेसबुक पेजमार्फत सञ्चालन गरिएको शृङ्खला हरेक हप्ताको शनिबार प्रसारण भइरहेको प्रतिष्ठानका परिषद् सदस्य धीरेन्द्र प्रेमर्षिले जानकारी दिनुभयो । 

कार्यक्रममा बाँसुरी प्रशिक्षक जीवन आले, तवला बादक सरिता मिश्र, सुरेश सेन्चुरी, डा धु्रवेशचन्द्र रेग्मी, गायिका सङ्गीता प्रधान, गायक प्रभुराज ढकाल , तिलक ढकाल, तबला प्रशिक्षक प्रेमचन्द्र ओझैया, मोहनसुन्दर श्रेष्ठ, धनबहादुर गोपाली, सितार वादक सुष्मा शाह, सङ्गीत प्रशिक्षक श्रीराम आचार्य, चण्डीप्रसाद काफ्लेलगाय साधक सहभागी भइसक्नुभएको छ  ।