७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच बढाउन सुझाव

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच बढाउन सुझाव
अ+ अ-

काठमाडौं । अपाङ्गता भएका बालबालिकालाई कोभिड–१९ पछि वैकल्पिक माध्यमबाट शिक्षा दिन निकै गाह्रो भइरहेको छ । विद्यालय वा आफ्ना साथीसँग खेलेर रमाउँदै सिक्ने बानी परेका ती बालबालिकालाई अनलाइन माध्यमबाट घरमा ध्यान केन्द्रित गराएर सिकाउन कठिन भएको हो ।

बौद्धिक अपाङ्गता, अटिजम, श्रवणदृष्टिविहीन, डाउन सिन्ड्रोम भएका बालबालिकाको सिकाइ निरन्तरतामा सहजीकरणका लागि तीन तहका सरकार र समुदायको पहल आवश्यक देखिएको छ । अपाङ्ता मानवअधिकार प्रवद्र्धन समाजले नेपालस्थित अस्ट्रेलियाली दूतावासको सहयोग र शिक्षा पत्रकार समाजको सहकार्यमा भर्चुअलरुपमा आयोजना गरिएको ‘कोभिड–१९ को महामारीको पृष्ठभूमिमा नेपालमा समावेशी शिक्षाको कार्यान्वनको अवस्था सम्बन्धी छलफलमा समावेशी शिक्षा नीतिको कार्यान्वयन नभएमा विपद्का समयमा अपाङ्गता भएका बालबालिकाको सिकाइमा सहज नहुने बताइएको हो ।

राष्ट्रियसभाका सदस्य डा. बिमला पौडेलले संविधानमा भएको मौलिक हक अनुसार सबै प्रकारका बालबालिकाको शिक्षामा समान अधिकार दिन र पहुँच वृद्धि गर्न तीनै तहका सरकार सक्रिय हुनुपर्ने बताउनुभयो । शिक्षाविद् प्रा.डा. वासुदेव काफ्लेले स्थानीय तहमा ज्ञान, सूचना र स्रोत केन्द्रको स्थापना गर्न आग्रह गर्दै विपद्का समयमा त्यस्ता स्रोत केन्द्र सधैँ कामयावी हुने बताउनुभयो । उहाँले राष्ट्रिय शिक्षा नीतिले समावेशी शिक्षालाई उच्च महत्व दिन नसकेको जनाउँदै राष्ट्रिय नीति र अन्तर्राष्ट्रिय अभिसन्धीको कार्यान्वयनका लागि समावेशी संयन्त्र निर्माण गर्न सुझाव दिनुभयो । राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि हरि ज्ञवाली र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहप्रवक्ता डा. दिव्या दवाडीले विद्यमान शैक्षिक नीतिभित्र समावेशीताको पक्षमा सरकारका पहललाई बढाउन सबैको सहयोग पर्ने उल्लेख गर्नुभयो ।

अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्था र शिक्षा समूहका संयोजक डा. लक्ष्मी पौडेलले बनेको उपयुक्त नीतिको कार्यान्वयनका लागि तीनै तहका सरकार सशक्त हुनुपर्ने र गैह्रसरकारी संस्थाले सहकार्य बढाउनुपर्ने बताउनुभयो । अपाङ्गता मानव अधिकार प्रवद्र्धन समाजका अध्यक्ष सुदर्शन सुवेदीले कोभिड–१९ को महामारीले सबैभन्दा धेरै अपाङ्गता भएका व्यक्तिलाई प्रभावित पारेको र यसमा तिनै तहका सरकार थप गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।