८ मंसिर २०८१, शनिबार
,
Latest
गौतम बुद्ध विमानस्थलको दिगो सञ्चालन आवश्यक छः अध्यक्ष ढकाल कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते चार महिनामा साढे चार खर्ब व्यापार घाटा नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीमा ३४ जना बिरामीको घुँडाको शल्यक्रिया ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ? चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि… अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्प र नेटो प्रमुख रूटबीच ‘विश्वव्यापी सुरक्षा’ बारे छलफल ‘घुस आरोपले भारतीय धनाड्य अडानी समूहलाई धक्का’ धान फल्ने खेतमा लगाएको सुन्तलाबाट दश लाख आम्दानी विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

को हुन् इरानमा मारिएका हमास नेता इस्माइल हानिय ?



अ+ अ-

काठमाडौँ । इरानको राजधानी तेहरानमा हमासको राजनीतिक शाखाका प्रमुख इस्माइल हानियको हत्या भएको छ । इस्माइल हानियको हत्यामा इजरायललाई आरोप लगाइएको छ ।

यद्यपी इजरायलले यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक वक्तव्य जारी गरेको छैन । इस्माइललाई सन् २०१८ मा अमेरिकाले आतंकवादी घोषणा गरेको थियो ।

इस्माइल हमासको राजनीतिक शाखाका प्रमुख थिए । सन् २००६ मा प्यालेस्टाइनको आम चुनावमा हमासको जितपछि संगठनमा उनको प्रभाव बढ्न थाल्यो । उनी गाजा पट्टीमा प्यालेस्टिनी प्राधिकरणको प्रधानमन्त्री नियुक्त भएका थिए ।

यस अवधिमा हानियले इजिप्टबाट गाजा स्ट्रिपमा आयात हुने सामानमा भारी कर लगाएर आफ्नो सम्पत्ति धेरै गुणा बढाए । सन् २०१४ मा हमासले सबै व्यापारमा २० प्रतिशत कर लगाउने घोषणा गरेको थियो । यी करका कारण हमासका १,७०० शीर्ष कमाण्डर करोडपति बनेको एक प्रतिवेदनले दाबी गरेको छ ।

गत वर्ष अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणमा पनि इस्माइलको महत्वपूर्ण भूमिका थियो र यही कारणले गर्दा इस्माइल इजरायली सुरक्षा बलको निशाना बनेका थिए । इस्माइल कतारमा बस्दै आएका र त्यहाँ विलासी जीवन बिताइरहेको बताइन्छ ।

उनले आफ्नो कार्यालयमा अक्टोबर ७ मा इजरायलमा भएको हमला टिभीमा देखेका थिए र आक्रमणलाई समर्थन गरेका थिए ।

इस्माइल हानियको जन्म २९ जनवरी १९६२ मा गाजा पट्टीको शती शरणार्थी शिविरमा भएको थियो । गाजा स्ट्रिप इजरायल र प्यालेस्टाइनबीच सधैं विवादको कारण बनेको छ । यस्तो अवस्थामा गाजा स्ट्रिपमा रहँदा इस्माइलले प्यालेस्टाइनलाई छुट्टै देश बनाउने इच्छा जगाए ।

इस्माइल हानियको ठूलो परिवार छ र उनको १३ बच्चाहरू छन् । तर, हालै इजरायली हमलामा तीन छोरासहित उनको परिवारका कैयौं सदस्यको मृत्यु भएको थियो ।

इस्माइलले गाजाको इस्लामिक विश्वविद्यालयबाट अरब साहित्यमा स्नातक गरे र विश्वविद्यालयमा पढ्दा हमासको सम्पर्कमा आए । इस्माइल मुस्लिम ब्रदरहुडसँग पनि सम्बद्ध थिए र विश्वविद्यालयमा मुस्लिम ब्रदरहुडको विद्यार्थी परिषद्का प्रमुख थिए ।

इस्माइल ९० को दशकमा हमासमा सामेल भएका थिए र सुरुमा उनी हमासको परोपकारी गतिविधिमा संलग्न थिए र पछि हमासको राजनीतिक शाखामा सामेल भए । समयसँगै हमासमा हानियको महत्त्व बढ्दै गयो र दोस्रो इन्फादाको समयमा उनी हमासको शीर्ष नेतृत्वको ध्यानमा आए । २००६ मा, हमासले गाजामा भएको चुनाव जित्यो र इस्माइल हानिया प्यालेस्टिनी प्राधिकरणको प्रधानमन्त्री बने ।

हानिय प्रधानमन्त्री बनेपछि गाजामा आफ्नो प्रतिद्वन्द्वी संगठन फतहसँग हमासको मतभेद बढ्यो र २००७ मा हिंसात्मक द्वन्द्वपछि फतहले गाजा पट्टी छोड्नुपर्‍यो र फतह वेस्ट बैंकमा सीमित भयो । फतहले गाजा छोडेपछि गाजामा हमासलाई चुनौती दिने कोही बाँकी थिएन ।

त्यसपछि हमास र इजरायलबीच द्वन्द्व बढ्यो । इस्माइल हानिय विगत केही वर्षदेखि हमास र फतहबीच मेलमिलाप गराउने प्रयासमा थिए । अब इस्माइल हानियको मृत्युले हमासलाई ठूलो धक्का दिएको छ र यो पक्कै पनि इजरायलका सुरक्षा बलहरूको लागि ठूलो सफलता हो ।