५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी छानवीन समितिमा पाण्डेको ठाउँमा आए बडू



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा प्रतिनिधि सभाका तर्फबाट सदस्यहरुको मनोनयन गरेको छ ।

मङ्गलवार बसेको प्रतिनिधि सभा बैठकमा संघीय संसदका संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा प्रतिनिधि सभाको तर्फबाट सदस्यहरुको मनोनयन गरेको हो ।

बैठकमा सभामुख देवराज घिमिरेले समिति सदस्यहरुमा ठाकुरप्रसाद गैरे, दिलेन्द्रप्रसाद बडू, देवप्रसाद तिमल्सिना, प्रतिमा गौतम, प्रभु हजारा, बुद्धिमान तामाङ, शान्ति बि।क।, सन्तोष परियार, सरस्वति सुब्बा, हितराज पाण्डे र हेमराज राईलाई मनोनयन गरिएको घोषणा गर्नुभयो । त्यस्तै सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिमा नेपाली काँग्रेसका तर्फबाट सदस्य रहेका बद्रीप्रसाद पाण्डेको स्थानमा दिलेन्द्रप्रसाद बडूको नाम हेरफेर गरिएको छ ।

पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भएसँगै उहाँको ठाउँमा बडूलाई ल्याइएको हो । त्यसैगरी नेपाली काँग्रेसकी सांसद सीता गुरुङ कानून, न्याय तथा मानव अधिकार समितिबाट पूर्वाधार विकास समितिमा र मोहनबहादुर बस्नेत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट सार्वजनिक लेखा समितिमा स्थान्तरण हुनुभएको छ ।
प्रतिनिधि सभा बैठकले राष्ट्रिय सभामा उत्पति भएको सुरक्षित कारोबार(पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।

प्रतिनिधि सभाको आगामी बैठक साउन २० गते आइतबार दिनको १ बजे बस्नेगरी बोलाइएको छ ।