१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

उपसभामुखमाथि मानव तस्करीको आरोप लागेकोबारे सभामुखको धारणा माग

उपसभामुखमाथि मानव तस्करीको आरोप लागेकोबारे सभामुखको धारणा माग
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले उपसभामुख ईन्दिरा रानामाथि मानव तस्करीको आरोप लागेकोप्रति सभामुखको धारणा माग गर्नुभएको छ ।

मङ्गलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद न्यौपानेले उपसभामुख रानामाथि मानव तस्करीको गम्भीर आरोप लागेको भन्दै छानविनको माग गर्नुभएको हो । उहाँले जिम्मेवार पदमा बसेको मान्छेमाथि गम्भीर आरोप लागेपछि छानवीनबाट दोषि वा निर्दोष हुन पाउने हक आरोपितको रहेको भन्दै यसप्रति ध्यानाकर्षण गराउनु भयो । उहाँले यस सम्बन्धमा सभामुखको धारणा माग गर्नुभयो । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विगतमा नेपाली नागरिकता नभएको अवस्थामा सांसद तथा मन्त्री समेत भएको भन्दै त्यसप्रति प्रश्न उठाउनु भयो ।

उहाँले भन्नुभयो – ‘आज काँग्रेस र एमालेलाई जसरी दोष लगाउनु भयो म प्रश्न गर्न चाहन्छु, देशमा असहज स्थिति थियो होला । बाहिर पनि जानुपर्ने स्थिति थियो होला । त्यो नेपालीको बाध्यता म पनि बुझ्दछु । किनभने हामी नेपाली नै हौँ । नेपालको नागरिकता त्याग्छौँ बाहिरको नागरिकता लिएर भएपनि हामी विदेश जान्छौँ भन्ने पनि त नेपाली नै हो । सायद केही परिस्थिति परेर विदेश जानुभयो त्यो म मान्छु । तर नेपालमा फर्किइसकेपछि म त नेपाली हो नि, मेरो पहिलो कर्तव्य मैले नेपालको नागरिकता लिनुपर्छ भन्ने उहाँले सोच्नुभयो कि भएन रु के यो कांग्रेस र एमालेले लगाइदिएको आक्षेप हो रु म प्रश्न गर्न चाहान्छु, तपाईले त्यो अवधिभर जुन काम गर्नुभयो आखिर नागरिकता रहेनछ । नागरिकता नहुँदै सांसद हुनुभयो । सांसद भएर मन्त्री हुनुभयो । मन्त्री भइसकेपछि लाइनमा लागेर नागरिकता लिनुभयो ।’

‘अब त्यो अवधिमा तपाई नेपालको नागरिकता हुँनुहुँदो रहनेछ भन्ने पुष्टि भयो । त्यतिबेलाको तपाईको काम, कारबाहीलाई हामीले कसरी मुल्यांकन गर्ने रु उपसभामुखमाथि निकै चार्ज लागेको छ । उहाँले ५ जना असम्बन्धितलाई आफ्नो माथिबाट एक नम्बरमा राखेर पठाउनुभएको छ लेटरमा । ५ जना बालिकालाई नाम परिवर्तन गरेर लगेको कुरा पनि आएको छ । मानव तस्करीको गम्भीर आरोप उपसभामुखलाई लागेको छ, आरोप लाग्दैमा त्यो सही हो पनि म भन्दिनँ । तर अत्यन्तै गम्भीर विषय के हो भनेदेखि यस्तो जिम्मेवार पदमा बसेको मान्छेमाथि यस्तो गम्भीर आरोप लाग्दा उहाँ दोषि होइन भन्ने कुनै निकायको छानवीनमार्फत निर्दोष छानविन हुन उहाँको हक छ कि छैन रु यो सम्बन्धमा संसदको नेतृत्व गर्ने सभामुखको धारणा के हो रु म उहाँको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

उहाँले लामिछाने नेपाली नागरिक नभएको बेलामा उहाँले गरेको काम, कारबाहीहरुलाई कसरी हेर्ने भनेर प्रश्न समेत गर्नुभयो ।