२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिताको आधार हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै



अ+ अ-

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका लामाले कांग्रेस एमालेको गठबन्धनबाट सरकारको नेतृत्व गरेका हुन् ।

मुख्यमन्त्री लामाले नेपालको संविधानको धारा १६८ को उपधारा ९४० तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ९१० बमोजिम सांसदबाट विश्वासको मत लिन लागेका हुन् ।

सरकारलाई पूर्णता दिए लगत्तै मुख्यमन्त्री लामाले सरकार सुरक्षित गर्ने उद्देश्य अनुसार संसदबाट विश्वासको मत लिने निर्णय गरेका हुन् । उनको निर्णय अनुसार प्रदेशसभा बैठक आह्वानका लागि प्रदेशसभा सचिवालय हेटौँडामा पत्राचार गरेका थिए ।

सोही अनुसार प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आजका लागि प्रदेशसभा बैठक आह्वान गरेका छन् । दिउँसो ३ बजेका लागि आह्वान भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाको विश्वासको मत सम्बन्धी प्रस्ताव माथि छलफल सहित निर्णय हुनेछ ।

मुख्यमन्त्री लामाले आफूलाई विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न माओवादी केन्द्र सहितका विपक्षी दलहरूलाई आग्रह गरेका छन् । लिखित रूपमा सबै दलहरूलाई पत्राचार गरेर उनले आफूलाई विश्वासको मत दिन विपक्षी दलहरूलाई आग्रह गरेका छन्

साउन १२ मा एक विना विभागीय मन्त्री सहित सरकारलाई पूर्णता दिएका मुख्यमन्त्री लामालाई एमालेका २७ र कांग्रेसका ३७ सांसद गरी ६४ जनाको समर्थन रहेको छ । पहिलो पटक कांग्रेसबाट सरकारको नेतृत्व लिएका उनले एमालेका ६ र कांग्रेसका ८ जनालाई मन्त्री नियुक्त गरेका छन् ।