७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

हस्तकला व्यवसाय जोगिए स्वदेशी उत्पादनको प्रवद्र्धन हुन्छ– उपाध्यक्ष दाहाल

हस्तकला व्यवसाय जोगिए स्वदेशी उत्पादनको प्रवद्र्धन हुन्छ– उपाध्यक्ष दाहाल
अ+ अ-

काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले स्वदेशी उत्पादनलाई प्राथमिकता र प्रर्वद्धन गर्नुपर्ने बताउनुभएको छ। नेपाल हस्तकला महासंघले आयोजना गरेको हस्तकला सामग्रीहरुको प्रदर्शनी अवलोकन गर्दै उपाध्यक्ष दहालले स्वदेशी उत्पादनलाई सबैले माया गरी प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको हो।

कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीले नेपाली हस्तकला उद्योग नराम्रोसँग प्रभावित भएको भन्दै उपाध्यक्ष दाहालले विश्वमा नेपालको पहिचान दिने हस्तकला व्यवसायलाई बचाउन विविध सहुलियत र राहत प्याकेज ल्याउनुपर्नेमा जोड दिनुभयो।

‘कोभिड १९ बाट प्रभावित हस्तकला उद्योगको संरक्षणका लागि सरकारको पहलमा बैंक ब्याजदर घटाउने, सहुलियत कर्जा र पुनर्कर्जाको व्यवस्था, कच्चा पदार्थमा भन्सार छुटजस्ता व्यवस्था हुन सके व्यवसायीलाई सहज हुनेछ’, उहाँले भन्नुभयो, ‘महामारीले प्रभावित भएको हस्तकला व्यवसायलाई फेरि पहिलेकै अवस्थामा फर्काउन मैले सक्दो समन्वय र पहल गर्नेछु।’

नेपाली हस्तकला क्षेत्रले वार्षिक १० अर्ब रुपैयाँभन्दा बढीको सामग्री निर्यात गरिरहेको र ११ लाख युवाहरुलाई रोजगारी दिइरहेको भन्दै उपाध्यक्ष दाहालले नेपालमा उत्पादित हस्तकला सामग्रीको विश्व बजारमा आकर्षण र माग धेरै भएको बताउनुभयो। विश्व बजारमा आकर्षण र माग भए पनि कोरोना महामारीले हस्तकलाको व्यापार व्यवसाय ठप्प भएकाले नेपाली हस्तकला क्षेत्रले करोडौंको घाटा व्यहोर्नु परेको बताउनुभयो।

हस्तकला उद्योगका दक्ष कालिगढहरुलाई पर्याप्त सेवा सुविधा र अवसर दिन नसक्दा विदेश पलायन हुने समस्या रहेको चर्चा गर्दै उपाध्यक्ष दाहालले नेपाली हस्तकला क्षेत्रको विकास र प्रवद्र्धनका लागि राज्यले उत्पादित सामग्रीको बजार व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। 

कोरोना महामारीपछि विदेशबाट फर्किएका हजारौं बेरोजगार युवाहरुलाई हस्तकलासम्बन्धी सीप सिकाउन राज्यस्तरबाटै विभिन्न तालिम र अवसर सिर्जना गर्नुपर्नेमा जोड दिदै उपाध्यक्ष दहालले स्वदेशी उत्पादनको वृद्धि हुनुका साथै नेपालको पुख्र्यौली सीप पनि हस्तान्तरण हुने विश्वास व्यक्त गर्नुभयो। स्थानीय तहसँग समन्वय गरेर देशैभरि हस्तकला महासंघको सञ्जाल विस्तार गर्न र हस्तकला व्यवसायलाई प्रवद्र्धन गर्न दाहालले आयोजकलाई आग्रह गर्नुभयो।

आफ्नो ४८ औं वार्षिकोत्सव तथा नवौं हस्तकला दिवसको अवसरमा नेपाल हस्तकला महासंघले गत मंसिर २८ गतेदेखि ३० गतेसम्म थापाथलीमा हस्तकला प्रदर्शनीको आयोजना गरेको थियो।