१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

वार्षिक २२ लाख कृषक परिवारले अनुदानमा रासयनिक मल प्राप्त गर्छन्: कृषिमन्त्री अधिकारी

वार्षिक २२ लाख कृषक परिवारले अनुदानमा रासयनिक मल प्राप्त गर्छन्: कृषिमन्त्री अधिकारी
अ अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले वार्षिक करिव २२ लाख कृषक परिवारले अनुदानमा रासयनिक मल प्राप्त गर्ने गरेको बताउनुभएको छ ।

सोमवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले करिव १ लाख ५० हजार परिवारले बीमाको प्रिमियममा अनुदान प्राप्त गर्ने बताउनु भयो । उहाँले नेपालमा ४१ लाख ३० हजार कृषक परिवार रहेको बताउनु भयो । उहाँले नेपाल सरकारले कृषि क्षेत्रको विकास, संरक्षण र प्रवद्र्धनका लागि कृषकहरुलाई संघ, प्रदेश र स्थानीय तहबाट सहुलयित सुविधा, अनुदान र सेवा प्रदान गर्दै आएको बताउनु भयो ।

नेपाल सरकारले रासयनिक मलको मूल्यमा, सिंचाईको लागि विद्युत महशुलमा, कृषि तथा पशुपंक्षी बीमा प्रिमियममा, उखु किसानलाई उत्पादनमा, कृषि क्षेत्रमा यान्त्रिकीकरण गर्न मेसिनरी औजारमा, कृषि कर्जाको ब्याजमा, गहुँ, मकैको बीउको मूल्यमा, फलफूल बिरुवा विशेषबाट सेवा, सुविधा र सहुलियत प्राप्त गर्ने कृषकहरु र रोपण गर्ने कृषकलाई बिरुवाको मूल्यमा, माछा पोखरी निर्माण जस्ता क्षेत्रमा कृषकलाई अनुदान उपलब्ध गराउँदै आएको जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा ४१ लाख ३० हजार कृषक परिवार रहेका छन् । नेपाल सरकारले कृषि क्षेत्रको विकास, संरक्षण र प्रवद्र्धनका लागि कृषकहरुलाई संघ, प्रदेश र स्थानीय तहबाट सहुलयित सुविधा, अनुदान र सेवा प्रदान गर्दै आएको छ । नेपाल सरकारले रासयनिक मलको मूल्यमा, सिंचाईको लागि विद्युत महशुलमा, कृषि तथा पशुपंक्षी बीमा प्रिमियममा, उखु किसानलाई उत्पादनमा, कृषि क्षेत्रमा यान्त्रिकीकरण गर्न मेसिनरी औजारमा, कृषि कर्जाको ब्याजमा, गहुँ, मकैको बीउको मूल्यमा, फलफूल बिरुवा विशेषबाट सेवा, सुविधा र सहुलियत प्राप्त गर्ने कृषकहरु र रोपण गर्ने कृषकलाई बिरुवाको मूल्यमा, माछा पोखरी निर्माण जस्ता क्षेत्रमा कृषकलाई अनुदान उपलब्ध गराउँदै आएको छ ।’
मन्त्री अधिकारीले प्रदेश सरकार र स्थानीय तहले आफ्नो आवश्यकताअनुरुप दुधको उत्पादन, निश्चित संख्या भन्दा बढी भेडा, च्याङ्ग्रा, याक पाल्ने कृषकलाई पशुवस्तुको उपचार खर्च बजार मूल्यमा सहुलियत प्रदान गर्दै आएको बताउनु भयो । प्रोत्साहन अनुदान कृषकको खातामै जाने व्यवस्था गरिएको पनि बताउनु भयो ।