२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन विद्यमान ऐनमा नै परिवर्तन गर्नुपर्छ: मन्त्री पौडेल



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि विद्यमान ऐनमा नै परिवर्तन गर्ने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा सांसद प्रेम सुवालले गर्नुभएको प्रश्नको जवाफमा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री पौडेलले अहिलेकै नीति, नियमले भित्र बीमा धेरै व्यवस्थित हुन नसकेकाले सरकारले त्यसलाई प्रभावकारी बनाउनका लागि विमा समिति र सम्बन्धित पक्षसँग छलफल गरिरहेको पनि जानकारी दिनुभयो । स्वास्थ्य उपचारमा सहज बनाउनका लागि आम नागरिकलाई स्वास्थ्य विमा कार्यक्रममा समेटनका लागि सरकारले अध्ययन गर्न छुट्टै समिति बनाउने तयारी पनि गरिरहेको मन्त्री पौडेलको भनाई थियो ।

उहाँले भन्नुभयो,‘अहिलेकै नीति, नियम भित्र बीमा धेरै व्यवस्थित हुने स्थिति छैन । त्यसैले बीमा सम्बन्धि ऐन परिवर्तन गर्ने, नीति, नियम परिवर्तन गर्ने, यसलाई थप व्यवस्थित बनाउन जरुरी छ । खासगरी यसको दायरा फराकिलो बनाउने, संगठित क्षेत्र सबैलाई विमासँग आवद्ध गर्ने, त्यसको स्रोत सुनिश्चित गर्नका लागि सरकारले अरु थप पक्षलाई कसरी जोड्न सकिन्छ रु त्यसको निम्ति गृहकार्य भइरहेको छ ।’

‘बीमा समिति, मन्त्रालयले यसका बारेमा छलफल गरिरहेको र आवश्यकता अनुसार यसको बारेमा के गर्न सकिन्छ रु आम नागरिकलाई बीमाबाट उपचार गराउनका लागि सहजीकरण कसरी गर्न सकिन्छ रु त्यसको प्रक्रियालाई कसरी सहजीकरण गर्न सकिन्छ रु र सम्पूर्ण नागरिकले यसबाट कसरी लाभ लिन सक्छन् रु भन्ने बारेमा अध्ययन गर्न निम्ति समिति बनाउने सन्दर्भमा पनि हाम्रो छलफल भइरहेको छ ।’

मन्त्री पौडेलले स्वास्थ्य बीमाको दायरालाई फराकिलो बनाउन पनि सरकार लागि परेको बताउनु भयो ।