९ श्रावण २०८३, शनिबार
,
Latest
अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारका फाइल खोलेको जस हामीलाई चाहिँदैन: रवि लामिछाने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारका प्रकरणहरु खोलेको जस आफूलाई नचाहिने बताउनुभएको छ ।

सोमवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै फाइलहरु पनि आफैँले खोलेको र भ्रष्टचार पनि आफैँले गरेको हो भनेर स्वीकार्न आग्रह गर्नुभयो ।

उहाँले ३० वर्षमा भएका भ्रष्टाचारका काण्डहरु आफूले पुन: खोल्ने काम मात्रै गरेको बताउनु भयो । उहाँले ज्युँदै रहेको फाइललाई गाड्ने प्रयास अहिलेको सरकारले गरेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘हिजो भर्खरै यहाँ कुराहरु चल्यो, फाइल त हामीले खोलेका हौँ, तिमीहरुलै खोलेकै होइनौँ भन्नेकुराहरु आए । ठिक छ, तपाईंहरुले नै खोल्नुभएको हो, हामीलाई जस चहिएको पनि होइन । काण्डहरु पनि हामीले नै गरेका हौँ पनि भनिदिएको भए राम्रो हुन्थ्यो । ३० औं वर्षमा यि काण्डहरु पनि आफैँले गरेको हो भनिदिए राम्रो हुन्थ्यो । फाइल तपाईंले नै खोल्नुभएको हो । तर बन्द नहुँदै ज्युँदै रहेको फाइललाई गाड्ने प्रयास गर्नुभयो । जुन फाइलमा प्राण थियो । त्यो प्राण बाँकी रहेको फाइललाई रिओपन गर्ने कोशिस गरेका हौँ ।’

सभापति लामिछानेले आफू सरकारमा कुनैपनि पूर्वाग्रही रहेर काम नगरेको जिकिर गर्नुभयो ।