काठमाडौ । सत्तारुढदल नेपाल कम्युनिष्ट (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले शक्ति र सत्ताको दुरुपयोग गरि ल्याईएको अध्यादेशले लोकतान्त्रिक विधि र पद्धतिलाई समेत चुनौती दिएको बताउनु भएको छ ।
सरकारले सबैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गरेपछि अध्यक्ष दाहालको सचिवालयले सामाजिक संञ्जालमा दृष्टिकोण सार्बजनिक गर्दै एक मनोवाद वा सर्वसत्तावाद प्रवृतिलाई बढावा दिंदै ल्याईएको यस प्रकारको अध्यादेश मार्फत मुलुक संचालन गर्न खोज्नु नेपाली जनता र समग्र आन्दोलन माथि नै अपमान हुने जनाएको छ ।
अध्यक्ष दाहालले अध्यादेश जस्ताको तस्तै फिर्ता हुनुपर्ने माग गर्दे पार्टी को स्थायी समितिको बैठक चलिरहेको र अन्तर्विरोध चर्किरहेको बेला, सार्वभौम सम्पन्न संसद लाई समेत बन्धक बनाई अध्यादेश ल्याईनु गलत भएको जनाउनु भएको छ ।
यसै बिच सरकारले अध्यादेश जारी गरेपछिको अबस्था र आगामी रणनीति तय गर्न दाहाल र माधब नेपाल नेपाल निकट नेताहरुको छलफल अध्यक्ष दाहाल निबास खुमलटारमा भइरहेको छ ।











