५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताको आह्वानबाट बनेको यो पहिलो सरकार हो: सांसद ढकाल



अ+ अ-

काठमाडौँ । नेकपा(एमाले) का सांसद सूर्यप्रसाद ढकालले वर्तमान सरकार नेपाली जनताको अपिलअनुसार बनेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै आईतवार सांसद ढकालले नेपाली जनताले दुई ठूला पार्टीहरु नेपाली काँग्रेस र नेकपा(एमाले)लाई मिलेर सरकार बनाउन अपिल गरेका बताउनुभएको हो ।

उहाँले दुई ठूला पार्टीको सरकार बन्दा सरकारलाई साथ, सहयोग गर्न जनता तयार रहेका बताउनु भयो । उहाँले वर्तमान सरकारले जनताका मुद्दाहरुलाई सम्बोधन गर्ने बताउनु भयो । उहाँले सरकारले काठमाडौंको जाम कम गर्न भुमिका खेल्नुपर्ने बताउनु भयो । त्यस्तै तत्कालै भूमि आयोग गठन गरेर भूमिहिनहरुलाई लालपूर्जा दिनुपर्ने र २१ लाख युवाहरुलाई ड्राइभिङ लाइसेन्स दिनुपर्ने अहिलेको अवस्था रहेको भन्दै सबैलाई लाइसेन्स दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘गरिएका सातबुँदे सहमतीलाई कार्यान्वयन गर्नको निम्ति सबैले सहयोग र साथ दिनको निम्ति नेपाली जनताले अपिल गरेका छन् । नेपाली जनताले अपिल गरेको, जनादेशबाट बनेको पहिलो सरकार हो । सरकार त धेरै बने तर नेपाली जनताले आह्वान गरेर, नेपाली जनताले साथ दिएर, नेपाली जनताको जगको आधारमा बनेको यो सरकारले नेपाली जनताका सानातिना मुद्दाहरुलाई सम्बोधन गर्दै अगाडी बढ्नुपर्नेछ । काठमाडौंको जाम कम गर्न सरकारले भुमिका खेलोस् । संघको अधिकार प्रदेश र स्थानीयलाई दिने हो भने काठमाडौंको जाम खोल्न सकिन्छ । १६ लाख भूमिहिनले जग्गा धनि लालपूर्जा पाउन सकेका छैनन् । अब छुट छैन सरकारलाई । भूमि आयोग गठन गरे जग्गा धनि लालपूर्जा दिन काम अगाडी बढोस् । २१ लाख युवाहरुलाई ड्राइभिङ लाइसेन्स दिन लागोस् ।’

उहाँले वर्तमान सरकार नेपाली जनताको माग र राष्ट्रिय आवश्यकताको जगमा बनेको बताउनु भयो ।