२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्ति पार्क व्यवस्थापनमा आवश्यक सहयोग हुनेछ : मन्त्री शाही



राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती स्मारक विस्तारित बोर्ड, केन्द्रीय सामुदायिक वन पर्यापर्यटन प्रवर्द्वन तथा उद्यान व्यवस्थापन समितिले शनिबार गोकर्णश्वर ४स्थित जगडोलमा आयोजना गरेको सन्दर्भ सामाग्री सङ्ग्रहीत पुस्तक विमोचन तथा प्रमाणपत्र वितरण कार्यक्रममा मन्तव्य व्यक्त गर्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी । तस्बिर : हरिराम भेटुवाल / रासस
अ+ अ-

काठमाडौ‌ँ वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले राष्ट्रिय सहिद तथा शान्ति पार्क व्यवस्थापन तथा संरचना निर्माणमा आवश्यक सहयोग गर्ने बताएका छन्।

राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती स्मारक विस्तारित बोर्ड, केन्द्रीय सामुदायिक वन पर्यापर्यटन प्रवर्द्धन तथा उद्यान व्यवस्थापन समितिले आज गोकर्णश्वर–४ स्थित जगडोलमा आयोजना गरेको ‘सन्दर्भ सामग्री’ सङ्ग्रहित पुस्तक विमोचन तथा प्रमाणपत्र वितरण कार्यक्रममा मन्त्री शाहीले सरकारका तर्फबाट पार्कमा आवश्यक पर्ने सहयोग गरिने प्रतिबद्धता जनाए। 

मन्त्री शाहीले पार्कलाई थप व्यवस्थित र सुन्दर बनाउनुपर्नेमा जोड दिँदै आफूले व्यक्तिगत तथा मन्त्रालयका तर्फबाट गर्न सकिने सबै किसिमका सहयोग गर्ने बताए। 

उनले भने, ‘पार्कलाई सुन्दर बनाउँदै पर्यापर्यटन प्रवर्द्धन गर्न योजना बनाएर कार्यान्वयन गर्दै जानुपर्छ । यसका लागि आवश्यक सहयोग गर्न सधैँ सकारात्मक छौँ ।’