५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिशूलीनदीमा हराईरहेको बसको खोजीकार्यमा प्रयोग गरिएको चुम्बकलाई पानीले बगायो



अ+ अ-

चितवन । सिमलताल स्थित त्रिशूलीनदीमा हराईरहेको बसको खोजीकार्यमा प्रयोग गरिएको १९ किलोको चुम्बकलाई पानीले बगाएको छ ।

भारतीय उद्धारटोलीले खोजीकार्यमा दुईवाट ठूला चुम्बक प्रयोग गरेका थिए । प्रयोग गरिएका मध्ये १९ किलोको चारपाटे चुम्बकलाई त्रिशूलीको पानीले बगाएको हो । घटनास्थल क्षेत्रमा आजदेखि मात्रै चुम्बक प्रयोग गरेर खोजी कार्य सुरु भएको थियो ।

भारतवाट मगाएर खोजी कार्यमा प्रयोग गरिएको उक्त चुम्बक खोज्न उद्दारटोली देवघाट सम्म पुगेको थियो । तर चुम्बक भेटिएन । चुम्बकसँगै लाईफ ब्वाईट्यूब समेत पानीले बगाएको छ ।

भारतीय टोलीले शनिबार १९ केजी र १४ केजीको दुई वटा चुम्बक प्रयोग गरेर खोजी गरेको थियो ।