१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमान खानलाई डराउन चाहन्थे ग्याङ्स्टर लरेन्स



अ+ अ-

एजेन्सी । सलमान खानको घर बाहिर गोली हानाहानको एक हजार ७३५ पृष्ठको चार्जशीटमा अहिले नयाँ खुलासा भइरहेको छ । जुलाई ८ मा विशेष अदालतमा आरोपपत्र दायर गरिएको थियो । तर, यो कुरा अहिलेसम्म सार्वजनिक भएको छैन ।

यसमा मुम्बई क्राइम ब्रान्चले गोली चलाउनुअघि गोली हान्ने व्यक्ति र ग्याङ्स्टर लरेन्सका भाइ अनमोलबीच भएको कुराकानीको अडियो क्लिप पनि समावेश गरेको छ ।

समाचार एजेन्सी पीटीआईले चार्जशीटलाई उद्धृत गर्दै अनमोलले शूटरहरूलाई सलमान खानलाई डराउने गरी गोली चलाउन भनेका थिए । उनीहरुलाई हेलमेट नलगाउन र धुम्रपान गरिरहन भिनएको थियो ताकि सिसिटीभि फुटेजमा नर्भस नदेखिउन् । १४ अप्रिलको बिहान सलमानको ग्यालेक्सी अपार्टमेन्टको घरमा फायरिङ भएको थियो ।

अनमोलले सिग्नल एपमा शूटरहरूसँग कुराकानी गरेका थिए । अनमोलले यो काम गरेमा इतिहासमा आफ्नो नाम लेखिने पनि शूटरलाई बताएका थिए । यसलाई विश्वभरका पत्रपत्रिका र सञ्चारमाध्यमहरूमा पनि कभर गरिने उनी ठान्दथे ।

मुम्बई क्राइम ब्रान्चको एन्टी एक्सटर्शन सेलले ४ जुनमा सलमानको बयान रेकर्ड गरेको थियो । यो पनि आरोपपत्रमा समेटिएको छ । सलमानले घरमा गोली चलाउँदा आफू कहाँ थिए र के गर्दै थिए भन्ने बताए । ग्याङ्स्टर अनमोलबाट आफू मात्र नभई परिवारका सदस्य पनि खतरामा रहेको अभिनेताले बताए ।

‘म पेशाले फिल्म स्टार हुँ र विगत ३५ वर्षदेखि हिन्दी फिल्म उद्योगमा काम गरिरहेको छु । धेरै अवसरमा बान्द्रा ब्यान्डस्ट्यान्ड नजिक मेरो घर ग्यालेक्सी अपार्टमेन्ट नजिक मेरा फ्यानहरूको भीड जम्मा हुन्छ । उहाँहरूलाई मेरो माया देखाउन म मेरो फ्ल्याटको पहिलो तल्लाको बालकनीबाट हात हल्लाउँछु । साथै, मेरो घरमा, साथीभाइ र परिवारमा पार्टी हुँदा, मेरो बुबा आउनुहुन्छ, म उहाँसँग बालकनीमा समय बिताउँछु । काम पछि वा बिहान सबेरै म ताजा हावा लिन बालकनीमा जान्छु । मैले आफ्नो लागि निजी सुरक्षा पनि राखेको छु ।’ सलमानले भनेका छन् ।

अभिनेताले भने ‘त्यस दिन म सुतेको बेला पटाकाको आवाज सुनें । बिहान ५ बजिसकेको थियो । ग्यालेक्सी अपार्टमेन्टको पहिलो तल्लाको बालकनीमा मोटरसाइकलमा आएका दुई जनाले बन्दुक प्रहार गरेको प्रहरी अंगरक्षकले बताए ।’

१४ अप्रिलको बिहान सलमानको मुम्बईस्थित घर ग्यालेक्सी अपार्टमेन्टमा गोली हानाहान भएको थियो । गोली चलाउने अपराधी मोटरसाइकलमा आएका थिए । उनीहरुले सलमानको घरबाहिर केही राउण्ड गोली हाने र त्यसपछि त्यहाँबाट भागेका थिए । त्यसको दुई दिनपछि मुम्बई प्रहरीले गुजरातबाट यी अपराधीहरूलाई समात्यो ।

हालसम्म प्रहरीले लरेन्ससहित ९ जनालाई मुद्दामा आरोपी बनाएको छ । जसमध्ये हालसम्म ६ जना पक्राउ परेका छन् । गत मे १ मा ६ अभियुक्तमध्ये एक अनुज थापानले प्रहरी हिरासतमै आत्महत्या गरेका थिए । लरेन्स पहिले नै अन्य मुद्दाहरूमा जेलमा छन् ।