२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमान खानलाई डराउन चाहन्थे ग्याङ्स्टर लरेन्स



अ+ अ-

एजेन्सी । सलमान खानको घर बाहिर गोली हानाहानको एक हजार ७३५ पृष्ठको चार्जशीटमा अहिले नयाँ खुलासा भइरहेको छ । जुलाई ८ मा विशेष अदालतमा आरोपपत्र दायर गरिएको थियो । तर, यो कुरा अहिलेसम्म सार्वजनिक भएको छैन ।

यसमा मुम्बई क्राइम ब्रान्चले गोली चलाउनुअघि गोली हान्ने व्यक्ति र ग्याङ्स्टर लरेन्सका भाइ अनमोलबीच भएको कुराकानीको अडियो क्लिप पनि समावेश गरेको छ ।

समाचार एजेन्सी पीटीआईले चार्जशीटलाई उद्धृत गर्दै अनमोलले शूटरहरूलाई सलमान खानलाई डराउने गरी गोली चलाउन भनेका थिए । उनीहरुलाई हेलमेट नलगाउन र धुम्रपान गरिरहन भिनएको थियो ताकि सिसिटीभि फुटेजमा नर्भस नदेखिउन् । १४ अप्रिलको बिहान सलमानको ग्यालेक्सी अपार्टमेन्टको घरमा फायरिङ भएको थियो ।

अनमोलले सिग्नल एपमा शूटरहरूसँग कुराकानी गरेका थिए । अनमोलले यो काम गरेमा इतिहासमा आफ्नो नाम लेखिने पनि शूटरलाई बताएका थिए । यसलाई विश्वभरका पत्रपत्रिका र सञ्चारमाध्यमहरूमा पनि कभर गरिने उनी ठान्दथे ।

मुम्बई क्राइम ब्रान्चको एन्टी एक्सटर्शन सेलले ४ जुनमा सलमानको बयान रेकर्ड गरेको थियो । यो पनि आरोपपत्रमा समेटिएको छ । सलमानले घरमा गोली चलाउँदा आफू कहाँ थिए र के गर्दै थिए भन्ने बताए । ग्याङ्स्टर अनमोलबाट आफू मात्र नभई परिवारका सदस्य पनि खतरामा रहेको अभिनेताले बताए ।

‘म पेशाले फिल्म स्टार हुँ र विगत ३५ वर्षदेखि हिन्दी फिल्म उद्योगमा काम गरिरहेको छु । धेरै अवसरमा बान्द्रा ब्यान्डस्ट्यान्ड नजिक मेरो घर ग्यालेक्सी अपार्टमेन्ट नजिक मेरा फ्यानहरूको भीड जम्मा हुन्छ । उहाँहरूलाई मेरो माया देखाउन म मेरो फ्ल्याटको पहिलो तल्लाको बालकनीबाट हात हल्लाउँछु । साथै, मेरो घरमा, साथीभाइ र परिवारमा पार्टी हुँदा, मेरो बुबा आउनुहुन्छ, म उहाँसँग बालकनीमा समय बिताउँछु । काम पछि वा बिहान सबेरै म ताजा हावा लिन बालकनीमा जान्छु । मैले आफ्नो लागि निजी सुरक्षा पनि राखेको छु ।’ सलमानले भनेका छन् ।

अभिनेताले भने ‘त्यस दिन म सुतेको बेला पटाकाको आवाज सुनें । बिहान ५ बजिसकेको थियो । ग्यालेक्सी अपार्टमेन्टको पहिलो तल्लाको बालकनीमा मोटरसाइकलमा आएका दुई जनाले बन्दुक प्रहार गरेको प्रहरी अंगरक्षकले बताए ।’

१४ अप्रिलको बिहान सलमानको मुम्बईस्थित घर ग्यालेक्सी अपार्टमेन्टमा गोली हानाहान भएको थियो । गोली चलाउने अपराधी मोटरसाइकलमा आएका थिए । उनीहरुले सलमानको घरबाहिर केही राउण्ड गोली हाने र त्यसपछि त्यहाँबाट भागेका थिए । त्यसको दुई दिनपछि मुम्बई प्रहरीले गुजरातबाट यी अपराधीहरूलाई समात्यो ।

हालसम्म प्रहरीले लरेन्ससहित ९ जनालाई मुद्दामा आरोपी बनाएको छ । जसमध्ये हालसम्म ६ जना पक्राउ परेका छन् । गत मे १ मा ६ अभियुक्तमध्ये एक अनुज थापानले प्रहरी हिरासतमै आत्महत्या गरेका थिए । लरेन्स पहिले नै अन्य मुद्दाहरूमा जेलमा छन् ।