९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाहरूको पोस्टमार्टम शुरु, एउटा शवको पोस्टमार्टम सक्न ४ घण्टा समय लाग्ने



अ+ अ-

काठमाडौं । सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाहरूको पोस्टमार्टम शुरु गरिएको छ । बुधवार बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुमध्ये चार जनाको पोस्टमार्टस शुरु गरिएको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ ।

त्रिविशिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा. गोपालप्रसाद चौधरीले साँझ ५ बजेबाट सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाहरूको पोस्टमार्टम शुरु गरिएको बताउनु भयो । उहाँले आज पोस्टमार्टस शुरु गरेका चार जनाको आज नै पोस्टमार्टम सक्ने गरी परीक्षण शुरु भएको बताउनु भयो । उहाँले मृतकहरूको जतिसक्दो छिटो पोस्टमार्टम सक्नेगरी निरन्तरता दिइने बताउनु भयो । उहाँले अस्पताले सकेसम्म ७२ घण्टाभित्र मृतकका आफन्तलाईबुझाउने तयारी रहेको बताउनु भयो ।

उहाँले मृतकहरुको प्राय सबै शरिर जलेकाले पोस्टमार्टममासमय लाग्ने भन्दै परिवारले दिएको विवरण अनुसार सकेसम्म चाडै सक्ने बताउनु भयो । उहाँले अस्पतालमा जनशक्ति थोरै भएकाले पोस्टमार्टमको लागि पाटन अस्पताल,भक्तपुर र पोखराबाट समेत डाक्टरहरुलाई बोलाएको बताउनु भयो । उहाँले एउटा शवको पोस्टमार्टम सक्नका लागि कम्तीमा ४ घण्टा समय लाग्ने बताउनु भयो । उहाँले शव धेरै जलेकाले सकेसम्म चाँडो सक्नेगरी काम अघि बढाएको बताउनु भयो ।

उहाँले शवहरू आफन्तलाई बुझाउँदा ‘कस्मेटिक सर्जरी’ गरिने बताउनु भयो । उहाँले पोस्टमार्टमका लागि शिक्षण अस्पतालका २५ जना चिकित्सकहरू खटिएको बताउनु भयो । उहाँले शुरुमा शव पहिचानका लागि फिंगर प्रिन्ट, डेन्टल (दाँतको भाग) र शरीरमा स्थायी रुपमा बनेका संकेतहरू (खत, ट्याटु लगायत) हेरिने बताउनु भयो । उहाँले त्यस्ता साइनबाट कुनै पहिचान हुन नसकेको खण्डमा मात्रै डीएनएको प्रक्रियामा जाने उल्लेख गर्नुभयो । उहाँले यदी कुनै शव पहिचान गर्न नसकेर डीएनएको प्रक्रियामा जान परेको खण्डमा कम्तीमा दुई हप्ता लाग्ने बताउनु भयो ।

अस्पताल परिसरमा आफन्त गुमाएका आफन्तहरु भावविह्वल अवस्थामा शव कुरेर बसिरहेका छन् । विमान दुर्घटना हुँदा विमानमा सवार १९ मध्ये १८ जनाको निधन भएको छ भने एक जना घाइते भएका छन् । घाइते भएका पाइलट मनीषरत्न शाक्यको अहिले काठमाडौँ मेडिकल कलेज ९केएमसी० मा उपचार भइरहेको छ ।

न्युज एजेन्सी नेपाल