२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लाल सिंह चड्डा’ फ्लप हुँदा आमिरले पार्टी दिएका थिए



अ+ अ-

एजेन्सी । फिल्म ‘लाल सिंह चड्ढा’ फ्लप भएपछि आमिर खानले पार्टी दिएका थिए । यो कुरा चलचित्रमा काम गरेकी अभिनेत्री मोना सिंहले खुलाएकी छिन् ।

फिल्म फ्लप हुनुको सम्पूर्ण जिम्मेवारी आमिरले लिएको र टिमको मेहनतको कदर गर्दै पार्टी पनि गरेको उनले बताइन् ।

सिद्धार्थ कन्ननको च्याट शोमा मोनाले लाल सिंह चड्डाको फ्लपको बारेमा कुरा गरेकी थिइन् । उनले भनिन्, ‘अवश्य पनि नराम्रो लाग्यो कि हामीले यति दिनसम्म सुटिङ गर्यौँ, यति राम्रो बन्धन बनेको थियो, यति राम्रो दृश्य बनेको थियो तर सिनेमाघरमा त्यति राम्रो प्रतिक्रिया पाएनौं ।’

मोनाले थप भनिन्, ‘फिल्म फ्लप हुँदा आमिर निराश भए तर टिमको मेहनत देखेर उनले पार्टी आयोजना गरे । टिमको मिहिनेत हेरेर फिल्म फ्लप भए पनि पार्टी गर्न सक्ने एक मात्र अभिनेता आमिर हुन् । मलाई याद छ उनले भका थिए – फिल्म नचल्दा के हुन्छ ? के हामीले उत्सव मनाउन छोड्ने ? फिल्म फ्लप हुनुको सम्पूर्ण जिम्मेवारी उनले लिएकाले म उनलाई धेरै सम्मान गर्छु ।’

‘लाल सिंह चड्ढा’ ११ अगस्ट २०२२ मा सिनेमाघरमा रिलिज भएको थियो । फिल्मले तीन लाख स्क्रिन पाएको थियो । तर, बक्स अफिसमा खराब प्रदर्शनपछि फिल्मका धेरै शो रद्द भएका थिए । फिल्ममा आमिर बाहेक करिना कपुर र मोना सिंह पनि थिइन् ।

यो फिल्म टम ह्याङ्क स्टारर हलिउड फिल्म ‘फोरेस्ट गम्प’ को हिन्दी रिमेक थियो। यस फिल्मबाट आमिर ४ वर्षपछि कमब्याक गरेका थिए । उनको अघिल्लो फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ थियो, जुन २०१८ मा रिलिज भएको थियो । १८० करोडको बजेटमा बनेको यो फिल्मले विश्वव्यापी बक्स अफिसमा १३० करोड कमाएको थियो र फ्लप साबित भयो ।