२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योगमन्त्री भण्डारी र खेलकुदमन्त्री चौधरीको विदेश भ्रमण स्वीकृत



अ+ अ-

काठमाडौँ । सरकारले भारतको नयाँ दिल्लीमा आयोजना हुने बिमस्टेक व्यापार सम्मेलनमा सहभागी हुन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी स्वीकृति दिएको छ ।

साउन ७ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णय (आज) बुधवार सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोबारे जानकार िगराउनुभएको हो । उहाँले समृद्धिका लागि वन आयोजनाका लागि विश्व बैंकबाट थप १३ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको पनि बताउनु भयो । उहाँकाअनुसार सरकारले फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने ३३ औं ग्रिष्मकालीन ओलम्पिक खेल समारोहमा २०८१ साउन १० देखि १२ गतेसम्म युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई सहभागी हुन स्वीकृति दिएको छ ।

उहाँले भन्नुभयो, ‘समृद्धिका लागि वन आयोजनाका लागि विश्व बैंकबाट थप १३ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने । २०८१ साल साउन २२ देखि २४ मा भारतको नयाँ दिल्लीमा आयोजना हुने बिमस्टेक व्यापार सम्मेलनमा सहभागी हुन माननीय उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई स्वीकृति दिने ।
फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने ३३ औं ग्रिष्मकालीन ओलम्पिक खेल समारोहमा २०८१ साउन १० देखि १२ गतेसम्म युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई सहभागी हुन स्वीकृति दिने । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय लुम्बिनी प्रदेशको प्रमुख सचिव पदमा सहसचिव महादेव पन्थलाई कायममुकायम मुकरर गर्ने ।’

सरकारले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय लुम्बिनी प्रदेशको प्रमुख सचिव पदमा सहसचिव महादेव पन्थलाई कायममुकायम तोक्ने निर्णय पनि गरेको छ ।