२४ भाद्र २०८३, बुधबार
,
Latest
‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले उच्च मनोबलका साथ कुटनीतिक सम्बन्धलाई अघि बढाउनु पर्छ: माधवकुमार नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले परराष्ट्र सम्बन्धलाई उच्च मनोबलका साथ अघि बढाउन सरकारलाई सुझाव दिनुभएको छ ।

बुधवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष नेपालले देशको हितको रक्षाका लागि सरकारले उच्च मनोबलका साथ परराष्ट्र सम्बन्धलाई अघि बढाउनुपर्ने तर्क गर्नुभयो । परराष्ट्र मामिलामा नेपालको शक्ति भनेको गौरवपूर्ण इतिहास भएको उल्लेख गर्दै उहाँले त्यसैलाई अवलम्वन गरेर अघि बढ्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । अध्यक्ष नेपालले अरुले स्वीकार गर्ने र नेपालले पनि त्यसमा बलियोसँगले राख्नसक्ने विषयहरुको पहिचान गरेर नेपालले परराष्ट्र सम्बन्धलाई भरपर्दो बलियो बनाउन सक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘परराष्ट्र मामिलामा हामीसँग भएको शक्ति भनेको हाम्रो गौरवपूर्ण इतिहास हो । त्यो इतिहासले पनि हाम्रो मनोबललाई उच्च बनाउँछ । त्यसकारण उच्च मनोबलका साथ नै जानुपर्ने, अघि बढ्नुपर्ने, आफ्नो देशको हितको रक्षाका लागि अघि बढ्नुपर्ने आवश्यकता पर्छ । तर यहाँ हामीसँग कुटनीतिक कौशलता भएन भने, राम्रो तयारी गर्ने काम गर्न सकेनौ भने हामी डिल गर्न सक्दैनौं । विश्वमा १९१ देशसँग सम्बन्ध बढाउनुपर्नेछ ।’

अध्यक्ष नेपालले सरकारले विभिन्न देशमा रहेका नेपालीहरुलाई सहज हुनेगरी कुटनीतिक नियोगहरुको व्यवस्था गर्नुपर्ने आवश्यकता पनि आंैल्याउनु भयो ।