२४ भाद्र २०८३, बुधबार
,
Latest
युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु भदौ २४ को हिंसा लोकतन्त्र र संविधानमाथिको ‘ठूलो आक्रमण’ : ओली म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री नपाएपछि लिला गिरीले दिए एमाले संसदीय दलको नेताबाट राजीनामा



file photo
अ+ अ-

रूपन्देही । नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरीले आफ्नो पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री नियुक्तिमा असन्तुष्ट रहेका गिरीले आफ्नो पदबाट राजिनामा दिएका हुन् ।

गिरीले मंगलबार नै पार्टी अध्यक्ष केपी ओलीलाई राजीनामा पत्र पठाएको जानकारी दिए । उनले भने, ‘मैले अध्यक्ष कमरेडलाई राजीनामा पठाइसकेको छु, अध्यक्षले स्वीकृत गर्नुभएको बारे जानकारी छैन।’

मुख्यमन्त्री नियुक्तिमा संसदीय विधि, पद्दति भन्दा बाहिर गएर निर्णय भएको भन्दै गिरीले राजीनामा दिएका हुन् । उनी संसदीय दलका नेता भएपनि केन्द्रले उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री नियुक्तका लागि सिफारिस गर्न निर्देशन दिएको थियो ।