२० मंसिर २०८२, शनिबार
,
Latest
अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री नपाएपछि लिला गिरीले दिए एमाले संसदीय दलको नेताबाट राजीनामा



file photo
अ+ अ-

रूपन्देही । नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरीले आफ्नो पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री नियुक्तिमा असन्तुष्ट रहेका गिरीले आफ्नो पदबाट राजिनामा दिएका हुन् ।

गिरीले मंगलबार नै पार्टी अध्यक्ष केपी ओलीलाई राजीनामा पत्र पठाएको जानकारी दिए । उनले भने, ‘मैले अध्यक्ष कमरेडलाई राजीनामा पठाइसकेको छु, अध्यक्षले स्वीकृत गर्नुभएको बारे जानकारी छैन।’

मुख्यमन्त्री नियुक्तिमा संसदीय विधि, पद्दति भन्दा बाहिर गएर निर्णय भएको भन्दै गिरीले राजीनामा दिएका हुन् । उनी संसदीय दलका नेता भएपनि केन्द्रले उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री नियुक्तका लागि सिफारिस गर्न निर्देशन दिएको थियो ।