२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेडिकेटेड र ट्रंकलाइन विवादको समाधान ठाडो निर्देशनमा गर्न खोज्नु गतल: सांसद बस्नेत



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंकलाइन विवादको समाधान ठाडो निर्देशनमा गर्न खोज्ने प्रवृति राम्रो नभएको बताउनुभएको छ ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले डेडिकेटेड र ट्रंकलाइन विद्युत वक्यौताको बिलको समाधान तथा निरुपण गर्ने विशेष कानूनी र विशेष व्यवस्थाहरुबाट गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले डेडिकेटेड र ट्रंकलाइन विद्युत वक्यौता समाधानमा विधि र नियम भन्दा बाहिर गएर काम गरिरहेको बताउनु भयो । उहाँले सरकारले डेडिकेटेड र ट्रंकलाइन विवाद समाधानमा गलतबाट गएको भन्दै सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो,‘ डेडिकेटेड र ट्रंकलाइन विद्युत वक्यौताको बिलको विषय छ । त्यसको निरुपण गर्ने विशेष कानूनी र विशेष व्यवस्थाहरु पनि छ । सरकार त्यो बाटो हिँड्नुपर्‍यो । कुरा सुशासन र विधि,नियम गर्ने तर समाधान ठाडो निर्देशनमा खोज्ने । सरकार गलत बाटो हिँड्दैछ । सभामुखमार्फत सचेत गराउन चाहन्छु । नियमक निकायहरुले दैनिक कार्यकारी र व्यवस्थापकिय कामहरुमा रुचि देखाएर आफूलाई विवादित बनाउन आग्रह गर्न चाहन्छु । ऊर्जा क्षेत्रले यतिबेला मुलुक समृद्धिको बाटोमा गएको छ ।’

उहाँले नियमक निकायहरुले दैनिक कार्यकारी र व्यवस्थापकिय कामहरुमा रुचि देखाएर आफूलाई विवादित बनाउन नहुने बताउनु भयो ।