१८ श्रावण २०८३, सोमबार
,
Latest
काठमाडौं। रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान… भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा शिवालयमा दर्शनार्थीको घुइँचो बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द राष्ट्रियसभाको बैठक बस्दै धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह मनसुनको प्रभाव कायम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान विभिन्न कार्यक्रम गरी मनाइयो मोरक्कोको राष्ट्रिय दिवस यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस गाउँका महिलाले साउनमा पाँच दिनसम्म लुगा लगाउँदैनन् !



अ+ अ-

एजेन्सी । साउन महिना सुरु भइसकेको छ । यस्तो अवस्थामा हिन्दु धर्ममा आस्था राख्ने मानिसहरु आफ्नो परम्परा अनुसार यस पवित्र महिनामा धेरै यस्ता कामहरु गर्छन्, उनीहरुको बारेमा थाहा पाएर तपाई छक्क पर्नुहुनेछ ।

भारतमा एउटा यस्तो गाउँ रहेको छ, जहाँ महिलाहरुले साउन महिनामा ५ दिनसम्म लुगा लगाउँदैनन् ।

यो भारतीय गाउँ हिमाचल प्रदेशको मणिकरण उपत्यकामा अवस्थित छ । यस गाउँको नाम पिनी गाउँ हो । यो परम्परा यहाँ शताब्दीयौंदेखि चलिआएको छ । यहाँका महिलाले साउन महिनामा विशेष पाँच दिन लुगा लगाउँदैनन् ।

यही कारणले गर्दा यी पाँच दिनमा गाउँमा बाहिरी व्यक्तिलाई प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।

हिमाचल प्रदेशको यो गाउँको इतिहास शताब्दीयौं पुरानो छ । त्यसैले यहाँ यस्ता धेरै परम्परा छन् जुन अन्यत्र कतै देखिँदैनन् । साउनमा पाँच दिन लुगा नलगाउने चलन पनि सदियौं पुरानो हो ।

वास्तवमा, कुनै समय यो गाउँमा राक्षसहरूको यति धेरै आतंक थियो कि गाउँलेहरूलाई बाँच्न गाह्रो भयो। दानवको आतंक बढेपछि लहुआ घोण्ड नामका देवता यस गाउँमा आए र दानवलाई मारेर गाउँलेलाई बचाए । भनिन्छ, गाउँमा दानव आएपछि राम्रा लुगा लगाएका महिलाहरूलाई लैजान्थे । यही कारणले आज पनि साउनको पाँच दिनमा महिलाहरूले पहिरन लगाउँदैनन् ।

पिनी गाउँमा हरेक महिलाले यो परम्परा पालना गर्दैनन् । तर यो परम्परा पालन गर्ने महिलाले यी पाँच दिनमा ऊनले बनेको पटका लगाउने गर्छन् । यो पाँच दिनमा महिलाहरु घरबाहिर निस्कँदैनन् । विशेषगरी गाउँका विवाहित महिलाहरूले यो परम्परा पालना गर्ने गरेका छन् ।

यो गाउँमा महिलाका लागि मात्रै नियम छ भन्ने होइन । साउन महिनामा पुरुषले मदिरा र मासु नखाने नियम छ । यी विशेष पाँच दिनहरूमा यो परम्परा पालना गर्न सबैभन्दा महत्त्वपूर्ण छ ।

यो परम्परा अनुसार यी पाँच दिनमा श्रीमान्–श्रीमतीले एकअर्कालाई हेरेर मुस्कुराउन पनि सक्दैनन् । घुम्न मन छ भने यो गाउँ जान सक्नुहुन्छ । तर, साउनका यी पाँच दिनमा यो गाउँमा प्रवेश पाउने छैन । गाउँलेहरूले यी पाँच दिनलाई अति पवित्र मानेर चाडपर्वको रूपमा मनाउने गर्छन् । यस्तो अवस्थामा उनीहरुले यी पाँच दिनमा आफ्नो गाउँमा कुनै बाहिरी व्यक्तिलाई प्रवेश गर्न दिँदैनन् ।