२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिनाथको मूर्ति सार्वजनिक गर्न सरकारसँग राष्ट्रिय सभा सदस्य मिश्रको माग



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले पशुपतिनाथको मूर्ति सार्वजनिक गर्न माग गर्नुभएको छ ।

सोमवार सभा बैठकमा बोल्दै सदस्य मिश्रले सरकारसँग यस्तो माग गर्नुभएको हो ।

उहाँले मुलुकको पर्यटन विकासको लागि पशुपतिनाथको मूर्ति सार्वजनिक आवश्यक भएको बताउनु भयो । उहाँले काँशी विश्वनाथको समेत मूक्ति सार्वजनिक भएको भन्दै पशुपतिमा रहेको पञ्चमुखी शिव भगवानको मूर्ति विश्वमा कहीँ पनि नभएको बताउनु भयो । उहाँले उक्त मूर्ति सार्वजनिक गर्नसके त्यसले पर्यटनको विकासमा ठूलो मद्दत गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘मुलुक कृषि उत्पादनमा आत्मनिर्भर हुनुपर्छ । कृषि उत्पादन माछा,मासु,दुग्ध र तरकारीमा आत्मनिर्भर भएर निकासी समेत गर्नसक्छौं । वर्तमान सरकारले यो काम गर्न सक्नुपर्छ । पशुपतिनाथको मूर्तिलाई सार्वजनिक गराइदिऔं । काँशी विश्वनाथको मूक्ति सार्वजनिक भएको छ । पञ्चमुखी शिव भगवानको यति राम्रो भूर्ति विश्वमा कँही पनि छैन । त्यसले पर्यटनको विकासमा ठूलो मद्दत गर्नेछ ।’

उहाँले सरकारले माछा,मासु,दुध र तरकारीको उत्पादन वृद्धि गरी आत्मनिर्भर भएर निकासी गर्न सक्नुपर्ने बताउनु भयो ।