७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आह्वान



फाईल फोटो
अ+ अ-

काठमाडौं । संघीय राजधानी काठमाडौंमा भारी वर्षा भइरहेको छ । काठमाडौंका कपन, सुन्दरीजल र आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको हो । यो वर्षाका कारण बाग्मती, धोबीखोला र विष्णुमती नदीमा बहाव बढेको छ ।

विभागका अनुसार पछिल्लो ६ घण्टामा कपनमा ४७ मिलिमिटर र सुन्दरीजलमा ४१.२ मिलिमिटर वर्षा मापन भएको छ । पानीपोखरीमा २५ मिलिमिटर वर्षा भएको छ ।

बाढी पूर्वानुमान महाशाखाले थप वर्षा हुनसक्ने सम्भावना रहेकाले नदी किनारका क्षेत्रमा बस्ने र सो बाटो भएर यात्रा गर्नेहरुलाई सतर्क रहन अनुरोध गरेको छ ।

यसैगरी पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै वर्षा पाल्पाको अर्चलेमा भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पाल्पाको अर्चले वर्षा मापन केन्द्रमा ६ घण्टाको अवधिमा १०५ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

यसैगरी स्याङ्जाको पञ्चमुलमा ८०.२ र पश्चिम नवलपरासीको देउरालीमा ७१.६ मिलिमिटर वर्षा भएको छ ।

सिन्धुपाल्चोकको बाँसखर्क केन्द्रमा पछिल्लो ६ घण्टामा ४७ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।