• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo

भ्रष्टाचार गर्दैनौं,सहँदैनौं र कसैलाई गर्न दिँदैनौं: प्रधानमन्त्री ओली



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने, नसहने र कसैलाई भ्रष्टाचार गर्न नसदिने बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले भ्रष्टाचार अख्तियारका विषयसँग जोडिएका विषयको छानविन तथा अनुसन्धान गरिने बताउनु भयो । उहाँल कुनै कालखण्डमा भएका भ्रष्टचार र जो कोही भ्रष्टाचारी उपर कानूनी कारबाही अघि बढाउने बताउनु भयो ।

उहाँले भ्रष्टाचार एक दिन कानूनी कठघरामा उभिनुपर्छ भन्ने भाष्य समाजमा स्थापित गराउने बताउनु भयो । उहाँले सहकारी पीडितका सम्बन्धमा उचित निणय लिने बताउनु भयो । उहाँले जो कोही भएपनि सहकारी ठगलाई कानूनी कारबाही गर्ने बताउनु भयो । उहाँले सुशानको लागि स्टण्ड नभएर सही विचार चाहिने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘एउटा कुरा खुलस्त भन्न चाहन्छु । दुनियाका अगाडि दुनियाले सुन्नेगरी भन्न चाहन्छु । भ्रष्टाचार गर्दैनौं । भ्रष्टाचार सहदैनौं र कसैलाई भ्रष्टाचार गर्न दिँदैनौं । भ्रष्टाचार अख्तियारका विषयसँग जोडिएका विषयको छानविन तथा अनुसन्धान गर्छौं । यसमा ढुक्क भए हुन्छ । कुनै कालखण्डमा भएका भ्रष्टचार र जो कोही भ्रष्टाचारी उपर कानूनी कारबाही अघि बढाउँछौं । भ्रष्टाचार एक दिन कानूनी कठघरामा उभिनुपर्छ भन्ने समाजमा स्थापित गराउँछौं । सहकारी पीडितका सम्बन्धमा उचित निणय लिने छौं । जो कोही भएपनि सहकारी ठगलाई कानूनी कारबाही गर्ने छौं । सशुासनको लागि स्टण्ड होइन सही इन्टेन्सन चाहिन्छ । सरकारले आफू अग्लो र अरुलाई होचो बनाउने काम गर्ने छैन ।’
उहाँले सरकारले आफू अग्लो र अरुलाई होचो बनाउने काम गर्ने बताउनु भयो ।