९ श्रावण २०८३, शनिबार
,
Latest
गाभीले नेपालसँग ३ लाख डलर फिर्ता नमाग्ने सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन ‘पेशागत मर्यादा र आत्मसम्मान नै वास्तविक लोकतन्त्र हो’: प्रहरी महानिरीक्षक कार्की नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक दाहाल कम्युनिष्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छः पूर्वप्रधानमन्त्री नेपाल ब्राउन सुगरसहित दुई जना पक्राउ सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपाद्वारा भर्त्सना, जनप्रतिनिधिको सुरक्षा गर्न सरकारसँग माग बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचय पत्र अनिवार्य लिनुपर्ने व्यवस्था हटाउनुपर्छ: रघुजी पन्त



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा एमालेमा सांसद रघुजी पन्तले ज्येष्ठ नागरिकहरुलाई राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने व्यवस्था हटाउन सरकारसँग माग गर्नुभएको छ ।

ज्येष्ठ नागरिकहरुले राष्ट्रिय परिचय पत्र लिनका लागि घण्टौ लाईन बस्नुपर्ने अवस्था देशभर भएकाले यस्तो व्यवस्था हटाउनका लागि गृह मन्त्रालयले आवश्यक व्यवस्था गर्नुपर्ने उहाँको भनाई थियो । आईतवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद पन्तले ज्येष्टठ नागरिकहरुलाई परेको मर्कालाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो राष्ट्रिय परिचय पत्र मेरो विचारमा ७० वर्ष भन्दा माथिलाई राष्ट्रिय परिचय पत्र लिइराख्नुपर्छ भनेर जोड दिइराख्नुपर्छ भन्ने लाग्दैन । त्यसैले जनतालाई परेको यो मर्कालाई सामान्य नठानौं । यसलाई गृह मन्त्रालयले तुरुन्त एउटा सर्कुलर पठाएर हटाउने काम गरोस् ।’
सांसद पन्तले मुलुकको राष्ट्रियताप्रति चिन्ता व्यक्त गर्दै त्यसलाई सुदृढ बनाउने काममा पनि सबै राजनीतिक दलहरु एकतावद्ध भएर अघि बढनुपर्ने बताउनु भयो ।