४ पुष २०८२, शुक्रबार
,
Latest
शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ चौध खेलाडीलाई छात्रवृत्ति प्रदान स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट ब्रिटिस काउन्सिलद्धारा नेपालमा आइइएलटिएस उपहार २०२५ का विजेताको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ सरकारसँग मधेस प्रदेशवासी छैनन् सन्तुष्ट



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस र नेकपा एमालेबीच सत्ता समीकरण बनेसँगै नेकपा एमाले अध्यष केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभएको छ ।

नेपाली काँग्रेस र नेकपा एमालेबीच संविधान संशोधनलाई मुख्य एजेण्डा बनाएर सत्ता समीकरण बनेको छ । प्रधानमन्त्री ओलीले आईतवार (भोलि) विश्वासको मत लिँदै हुनुहुन्छ । तर दुई ठूला पार्टीबीचको सत्ता सहकार्यले कतै निरंकुशतालाई प्रश्रय गर्दैन भन्ने आम मानिसको आँकलन छ ।

निजी क्षेत्र, शिक्षक, कर्मचारीतन्त्र, कानूनकर्मीहरु नयाँ सरकारप्रति आशातित देखिन्छन् । नयाँ मन्त्रीहरुलाई भेट्न सिंहदरबार भरिभराउ छ । तर सत्ता समीकरणपछि पनि मधेस प्रदेशका आम नागरिकहरु भने सन्तुष्ट छैनन् । उनीहरु सत्ता सहकार्यका लागि मात्रै गठबन्धन बनेको भन्दै यस सरकारले नागरिकमा कुनै कुराको फरक नपार्ने बताउँछन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मधेस प्रदेशका अधिकांश नागरिकहरुले आफू जोगिनका लागि सरकार बनाएको जिकिर गरे ।

पेशाले वरिष्ठ अधिवक्ता रहनुभएका जनकपुरका किशोरी साह देशमा आएका नयाँ सत्ता समीकरणलाई हेर्दा आफू जोगिनका लागि दुई ठूला दल मिलेर सरकार बनाएको बताउनु हुन्छ । उहाँले भ्रष्टाचारमा संलग्न कसैलाई पनि नछोड्ने संकल्पका साथ देश विकासमा लागेको खण्डमा मात्रै सरकार देशका लागि लाभदायी बन्ने बताउनु भयो ।

नेपाल बौद्धिक प्रतिष्ठानमा कार्यरत विष्णु कुँवर राजनीतिक परिवर्तनले जनतामा कुनै उत्साह नआएको बताउनु हुन्छ । पछिल्ला कुनैपनि सरकार जनताको सरकार बन्न नसकेको बताउनु भयो । राजनीतिक दलको सरकार कुनैपनि व्यक्ति सरकामा गएर केही उपलब्धि नहुने बताउनु भयो ।

अर्का मधेस प्रदेशको धनुषाका नागरिक कुनैपनि सरकार स्वार्थका लागि मात्रै बन्ने गरेको भन्दै असन्तुष्टि जनाउनु भयो । अर्का नागरिक भने अहिलेको अवस्थामा राजीतिक परिवर्तन हुनुले केही अर्थ नराख्ने बताउनु भयो ।

उहाँले स्वास्थ्य, शिक्षा लगायतका आम नागरिकका समस्या समाधानका लागि राजनीतिक दलहरुको दृष्टिकोण नरहेको बताउनु भयो । त्यस्तै अर्का नागरिकले राजनीतिक व्यक्तिले आफूलाई स्वार्थ मिल्ने किसिमले मात्रै हेर्ने गरेको बताउनु भयो । देशका जनता के चाहन्छन् भन्ने कुरामा कुनैपनि राजनीतिक दलहरु गम्भीर नरहेको बताउनु भयो ।

उनीहरुले राजनीतिक अवस्थासँग सन्तुष्ट हुने ठाउँ नरहेको बताए । विपक्षी र पक्ष नै मिलेर सरकार बनाएपछि भ्रष्टाचार छोपिने बताए ।