८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

श्रीलंका भ्रमणका लागि भारतीय टोलीको घोषणाः टी–२० सिरिजको कप्तानी सूर्यकुमारले गर्ने

श्रीलंका भ्रमणका लागि भारतीय टोलीको घोषणाः टी–२० सिरिजको कप्तानी सूर्यकुमारले गर्ने
अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले बिहीबार श्रीलंका भ्रमणका लागि टी–२० र एकदिवसीय टोलीको घोषणा गरेको छ ।

टी–२० को कमाण्ड सूर्यकुमार यादवलाई सुम्पिएको छ । अर्कोतर्फ रोहित शर्माले ओडीआई टिमको कमाण्ड सम्हाल्ने छन् । टोलीमा विराट कोहली पनि छन् ।

भारतले श्रीलंकामा ३ टी–२० म्याचको सिरिज खेल्नेछ । पहिलो खेल पल्लेकेलेमा जुलाई २७ मा साँझ सवा ७ बजे हुनेछ । एकदिवसीय सिरिज अगस्ट २ बाट कोलम्बोमा सुरु हुनेछ ।

भारतीय टोलीले पछिल्लो पटक २०२१ मा श्रीलंकाको भ्रमण गरेको थियो । टोलीले ३ ओडिआई र ३ टी–२० खेलको सिरिज खेलेको थियो । तीन खेलको एकदिवसीय सिरिज २–१ ले जितेको थियो भने टी–२० सिरिजमा भारत २–१ ले पराजित भएको थियो ।

श्रीलंका भ्रमणका लागि टी–२० टोलीः सूर्यकुमार यादव (कप्तान), शुभमन गिल (उपकप्तान), यशस्वी जैसवाल, रिंकु सिंह, रियान पराग, ऋषभ पन्त (विकेटकिपर), सञ्जु सामसन (विकेटकिपर), हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल, वाशिंगटन सुन्दर, रवि बिश्नोई, अर्शदीप सिंह, खलील अहमद, मोहम्मद सिराज ।

श्रीलंका भ्रमणका लागि एकदिवसीय टोलीः रोहित शर्मा (कप्तान), शुभमन गिल (उपकप्तान), विराट कोहली, केएल राहुल (विकेटकिपर), ऋषभ पन्त (विकेटकिपर), श्रेयस अय्यर, शिवम दुबे, कुलदीप यादव, मोहम्मद सिराज, वाशिंगटन सुन्दर, अर्शदीप सिंह, रियान पराग, अक्षर पटेल, खलील अहमद, हर्षित राना ।

गौतम गम्भीर केही दिनअघि भारतीय टोलीको मुख्य प्रशिक्षक बनेका थिए । भारतीय प्रशिक्षकका रूपमा गम्भीरको यो पहिलो असाइनमेन्ट हुनेछ । ४२ वर्षका गम्भीरले द वाल भनेर चिनिने राहुल द्रविडको ठाउँमा आएका छन् । टि–२० विश्वकपपछि द्रविडको कार्यकाल सकिएको थियो । गम्भीरको कार्यकाल जुलाई २०२७ सम्म रहनेछ।