६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारमा तीन दलबिच छलफल: साझा एजेण्डा बनाउने समझदारी



अ+ अ-

काठमाडौँ । कांग्रेस–एमाले गठबन्धनको केपी ओली सरकार बनेसँगै प्रतिपक्षमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साझा एजेण्डा बनाउने भएको छ ।

शुक्रबार माओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रतिपक्षी दलहरुले साझा एजेण्डा बनाएर अघि बढ्ने छलफल भएको रास्वपाका सभापति रवि लामिछानेले जानकारी दिए ।

प्रतिपक्षको आवाज कसरी बलियो बनाउने भन्नेबारेमा छलफल भएको जानकारी दिँदै उनले भने, ‘कसरी बलियो प्रतिपक्ष भएर बस्ने भन्नेबारे प्रतिपक्षलाई अलि बढी चुनौती छ, त्यसकारण जनजिविकाका सवालमा साझा एजेण्डाहरु के कस्ता हुने भन्ने सवालको छलफल भएको छ’।

यस्तै, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नयाँ सरकार गठन गर्दा संविधान मिचिएकोबारे सदनमा कुरा उठाउने बताए ।
उनले भने, ‘प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि ७६ (३) अनुसार नयाँ सरकार गठन हुनुपर्ने हो। उपधारा २ अनुसार नै बनाएर संविधान मिचिएको छ। यो कुरा सदनमा पनि उठाउने र सरोकारवालाहरूसँग पनि सशक्त रूपमा लैजाने कुरा भएको छ। जनताको अपेक्षा भन्दा बाहिर गएर सत्तापक्ष निरङ्कुश बन्न सक्ने खतरा, सुशासनलगायतको सुधारको कामबाट पछि हट्ने गठबन्धन बनेको छ। जनतामा आशङ्का छ, प्रतिपक्षबाट हामी सशक्त खबरदारी गर्छौँ।’

यस्तै, नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले तीन दल कसरी मिलेर जाने भन्नेबारेमा बैठकमा सामान्य छलफल भएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिँदैछन् ।