२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युरोडको फुटपाथ बढाउन स्थानीयको अवरोध: महानगर भन्छ–काम रोकिँदैन



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नं २२ स्थित न्युरोडका स्थानीयले काठमाडौं महानगरपालिकाले फुटपाथ बढाउन थालेको कामलाई अवरोध गरेका छन् ।

शुक्रवार काठमाडौं महानगरपालिकाले वडा नं २२ स्थित न्युरोड परिसरमा फुटपाथ बढाउने काम गरेको थियो । केही दिन अघि उच्च अदालतले फुटपाथ बढाउने महानगरपालिकाको काम अगाडी बढाउन सकिने आदेश दिएसँगै महानगरले फुटपाथ बढाउने काम शुरु गरेको थियो ।

स्थानीयले फुटपाथ बढाउने कामको बिरोध गर्दै अवरोध गरेका हुन् । उनीहरुले महानगरपालिका विरुद्ध नाराबाजी गर्दै काममा अवरोध गरेका थिए । काठमाडौं महानगरपालिकाले भने कानूनको परिपालना गर्दै काम गरिएको भन्दै अवरोध गर्नेहरुले अदालतको आदेशको अवहेलना गरेको बताएको छ । अदालतलको आदेशको अवहेलना गर्नेलाई कानूनअनुसार कारबाही हुने चेतावनी समेत दिइएको छ ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै काठमाडौं महानगरपालिका प्रमुखका स्वकिय सचिव भूपदेव साहले महानगरले पूर्वयोजना अनुसारको काम अगाडी बढाएको बताउनु भयो । उहाँले अदालतको आदेशअनुसार आफूहरुले काम गरेको भन्दै कानून अनुसार अगाडी बढ्ने बताउनु भयो । उहाँले काम नरोकिने र अदालतको आदेश कडाइपूर्वक कार्यान्वयन गर्ने जनाउँदै शान्ति सुव्यवस्था कायम गर्ने जिम्मेवारी नेपाल सरकारको भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘पूर्वयोजना कार्यान्वयन गर्न नरोक्नु भनेको भएर आज त्यो कार्यान्वयन गर्न आएका हौँ । यो हतारो होइन । पूर्वयोजना हो । हामीले पहिले कार्यान्वयन गरिरहेका थियौँ । त्यस पछाडी अदालतले रोकिदिनुस् भन्यो । अहिले अदालतले गर्नुस्, नरोक्नुस् भनेपछि हामीले कानूनको पालना गर्दै सबैकुरा अगाडी बढाइरहेका छौँ । हिजो रोक भन्दा हामीले रोकेको हो । आज गर भन्दा हामीले गरेको हो । यो हाम्रो नियमित प्रक्रिया हो । त्यही अनुसार हामी अगाडी बढेको हो । हामीले आदेशको पालना गर्ने हो । कानूनभन्दा माथि कोही छैन । हामीले कानूनको पालना गर्दैगर्दा जो मान्छेहरु यो हुनुहुँदैन भनेर आइरहनुभएको छ ।’

‘उहाँहरुले अदालतको आदेशको अवहेलना गर्नुभएको छ । उहाँहरुले भोलि कुनैपनि कानुनभन्दा बाहिर गएर कार्य गर्नुभयो भने उहाँहरुले कानूनअनुसार दण्ड, जरिवाना सहनुपर्ने छ । हामी कानुनमा स्ट्रिक छौँ । कानुनभन्दा बाहिर देख्दै देख्दैनौँ । परिपालना गर्ने कुरामा सधैँ यसरी नै अगाडी बढ्छौँ । शान्ति, सुव्यवस्था, सुशासन कायम गर्ने जिम्मा नेपाल सरकारको हो । आज प्रश्न के उठेको छ भने दुई तिहाइको सरकारको आज हैसियत परीक्षण हो । जनताको सर्वोपरि हित हुने, सुव्यवस्थासँग, शान्ति सुरक्षासँग जोडिएको विषय दुई तिहाइको सरकारले सुरक्षा गर्न सक्ने कि नसक्ने भन्ने कुरा गहन रुपमा उठेको छ । सरकारको टेस्ट हो । हामीले पब्लिकसँग छलफलमा जाने होइन । केही भयो भने शान्ति सुरक्षाको जिम्मा गृह प्रशासन र नेपाल सरकारको हो ।’

उहाँले महानगरपालिकाले न्यूरोडमा फुटपाथ बढाउने काम नरोक्ने स्पष्ट पार्नुभयो ।